सामान्य प्रशासन मन्त्रालयद्वारा ८४८ उपसचिव समायोजन

समाधान संवाददाता २०७५ माघ २५ गते १६:१२

समाधान सम्वाददाता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ सय ४८ उपसचिवको समायोजन गरेको छ । कर्मचारी समायोजन अध्यादेश–२ हजार ७५ अनुसार अनलाइन फाराम भरेका आधारमा ८ सय ४८ उपसचिवको समायोजन गरिएको हो । मन्त्रालयका अनुसार संघमा ८ सय ३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ ।

समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेल र पासवर्डका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले समायोजनको पत्र बुझेका छन् । करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँदैछन् । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो ।

Advertisement

उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने मन्त्रालयले जनाएको छ । सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

Advertisement

तपाईको प्रतिक्रिया