नवलपुर र पर्वतका २१ जनामा कोरोना पुष्टि
समाधान संवाददाता
२०७७ असार ३ गते ९:३४

समाधान संवाददाता
गण्डकी प्रदेशमा २१ नयाँ कोरोना संक्रमित थपिएका छन् । नवलपुरमा १८ र पर्वतमा ३ गरी बुधबार बिहान २१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ । आज थपिएका सबै संक्रमित भारतबाट आएर स्थानीय पालिकाको क्वारेन्टाइनमा बसेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जनकारी दिए ।
प्रदेशका संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । प्रदेशको दुई जिल्ला मनाङ र मुस्ताङबाहेक ९ वटै जिल्लामा संक्रमित भेटिएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया