म्याग्दीका सिडिओलाई मुस्ताङीले फर्काइदिए

एसके थकाली
जोमसोम
मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले मुस्ताङ आएका म्याग्दीका सिडिओ ज्ञानराज ढकालसहित २१ जनाको टोलीलाई वारागुङ मुक्तिक्षत्र—२ झोङका स्थानीयले बीच सडकबाटै फर्काइदिएका छन् ।
विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसल –कोभिड—१९ ले सिर्जित जारी लक डाउन समयमा जिल्ला बाहिरबाट मुस्ताङ प्रबेश गरेको भन्दै उनीहरुले सिडिओ ढकालसहितको जम्बो टोलीलाई मुक्तिनाथ जान रोक लगाएको स्थानीयले बताएका छन् ।
लकडाउन उल्लंघन गरी स—परिवारसहित म्याग्दी देखि मुक्तिनाथ दर्शन गर्नभनी शनिबार मुस्ताङ सदरमुकाम जोमसोम आइपुगेका म्याग्दी सिडिओ ढकाल एकरात जोमसोम बसेको स्रोतले बतायो ।
मुक्तिनाथ दर्शन गर्न परिवारसहित मुस्ताङ आउनेमा म्याग्दीका सशस्त्र प्रहरी नायब उपरिक्षक प्रकाशकुमार माझी र कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीका कार्यालय प्रमुख चन्द्रशेखर सापकोटा लगायतको परिवार छन् ।
कोरोना कहरका कारण मुस्ताङ जिल्लामा लक डाउन कडाई भइरहेको अवस्था र यहाका अधिकांश गाउँहरुले स्वतः स्वस्फुर्त रुपमा एक आपसका गाउँहरु बन्दबन्दी एकान्तबासको नियम लागु गरेको अवस्थामा सरकारी गाडी दुरुपयोग गरी म्याग्दीका सुरक्षा अधिकारीको जम्म्बो टोली मुक्तिनाथ आएको सुइँको पाएपछि स्थानीयले २ वटा सरकारी गाडी र एक निजी गाडीलाई झोङबाट माथि उक्लन रोक लगाईएको थियो ।
पैदल नै हिँडेर मुक्तिनाथ दर्शन गर्न जान दिनुहोस् भनी सिडिओ ढकालको टोलीले स्थानीयबासीलाई आग्रह गरे पनि टोली माथि जान नसकी फर्किएको स्रोतको भनाइ छ ।
म्याग्दी र मुस्ताङको सीम क्षेत्र घासामा २ साताअघि जिल्ला बाहिरबाट आएका केही कामदारको आरडिटी पोजेटिभ देखिएपछि मुस्ताङमा लकडाउन कडाइ भएको थियो । सो समय मुक्तिनाथको रिपोटिङ गर्न मुस्ताङ आएका पोखराका २ पत्रकारलाई मुक्तिनाथका स्थानीयले गाउबाटै फिर्ता पठाएका थिए ।









इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया