जनता झुक्याउन पाइँदैन

समाधान संवाददाता २०७७ असार ४ गते १८:५५

प्रकाशचन्द्र दवाडी

बजेट त कति राम्रो आएछ । विज्ञापनसहित आएछ । कुनै पनि विज्ञापन बजेटका कितावमा राखिन्छ जस्तो लाग्दैन । कोरोनाका कारणले बजेटको आकार घट्ला भनेको त बढेर पो आयो । २५ अर्बभन्दा माथिको आउनुपर्ने होइन । जनतामाथि ऋण थोपर्ने गरी ठूलो बजेट आवश्यक नै थिएन ।


यो गर्छु मात्र भनेर हुँदैन । कार्यक्रम र बजेट आउनुपर्‍याे  नि । सधैं आलटाल गरेर जनता झुक्याउन पाइँदैन

Advertisement

१ अर्बको अबन्डा बजेट आएको छ । यसलाई ब्रेकडाउन गरेर मात्रै पास गर्नुपर्छ । गोर्खामा पोके बजेटले १६ ठाउँमा १६ वटा योजना पारिएको छ । यस्तै अबन्डा बजेटबाट द्वन्द्व निम्तिन्छ । यसले सरकारलाई थप असफल बनाउनेछ ।

सरकारको कार्यशैली प्रभावकारी छैन । यो वर्षको १० महिना के हेरेर बसियो ? बजेटमा जनतालाई झुक्याउने काम मात्र भएको छ । यस्तै रह्यो भने अन्तिम वर्ष तान्दै तान्दै १ खर्बको बजेट ल्याए हुन्छ । जनता पनि खुसी हुने चुनाव पनि जितिने ।
कतिपय मुलुकमा अवैधानिक रुपमा नेपालीहरु बसेका छन् । कुवेतमा सरकारले आममाफीको निर्णय गरेको छ । उनीहरुलाई फर्काउने बारेमा यो बजेटले बोल्नुपर्छ । आफ्ना जनतालाई बचाउने काम गरौं सरकार ।

Advertisement

१ घर १ धारा को नारा आयो । अब धारामा सुनको लेपन गर्न लागिएको होइन ? कति धारा बने खै रेकर्ड दिएको ? मिठा कुरा गर्दैमा काम बन्नेवाला छैन । कोभिड १९ लाई देखाएर जनता मान्नेवाला छैनन् । उज्यालो कार्यक्रम अन्तर्गत नचाहिने ठाउँमा पोल लगेर थुपारिएको छ । कतै काठका पोल लडेर मानिसको ज्यान गएको छ । यो सरकारले किन नदेखेको ? यो गर्छु मात्र भनेर हुँदैन । कार्यक्रम र बजेट आउनुप¥यो नि । सधैं आलटाल गरेर जनता झुक्याउन पाइँदैन । आसेपासेलाई ठेक्का पटा, चिनेजानेका लाई रोजगारी आगामी चुनाव जित्ने काइदा भएको छ सरकारलाई ।

गण्डकी प्रदेश सभामा बजेटमाथिकाे छलफलका क्रममा प्रदेश सभा सदस्य दवाडीले राखेकाे विचार ।

तपाईको प्रतिक्रिया