विपन्नलाई एग्बोसाको राहत

समाधान संवाददाता २०७७ असार ५ गते १२:२३


पोखरा, ५ असार
कोरोना भाइरसका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न परिवारलाई गण्डकी बोर्डिङ स्कुल भूतपूर्व विद्यार्थी संगठन (एग्बोसा) ले राहत वितरण गरेको छ ।
एग्बोसाले पोखराका सय विपन्न परिवारलाई चामल, तेल, दाल लगायत खाद्यन्न सहयोग गरेको हो ।

पोखरा महानगरपालिका वडा नं ५, १६, ११ र १३ का विपन्न परिवारलाई आफूहरुले राहत वितरण गरेको एग्बोसा अध्यक्ष कमल श्रेष्ठले जानकारी गराए ।

‘जम्मा ३सय परिवारलाई राहत वितरण गर्ने हाम्रो योजना अनुसार पोखरामा १ सय, बुटवलमा १ सय र धादिङमा १ सय घर परिवारलाई राहत वितरण गरेका छौं’, श्रेष्ठले भने । काठमाडांैमा भएका सडकको पेटीमा बस्नेहरुलाई दैनिक खानासमेत खुवाएको उनले बताए ।


महानगरपालिकासँग राहत वितरणको स्वीकृति लिएर नै आफूहरुले विपन्नलाई खाद्यन्न सहयोग गरेको श्रेष्ठले बताए । महानगरपालिकाले स्वीकृतिपत्रमा उल्लेख गरिदिएको वडामा मात्रै राहत वितरण हामीले गरेका छौं’, उनले भने ।


श्रेष्ठका अनुसार संस्थाको तर्फबाट पोखरामा स्वास्थ्य क्षेत्रका फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई समेत स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया