ठूला योजनामा प्रदेश चुकेको छ

कृष्ण थापा
धेरै साना योजना छान्यौं । ठूला योजना छानौं भनेर भन्यौ । विद्युतको क्षेत्रमा एउटा ठूलो योजना, उद्योगमा त्यस्तै गरेर जान प्रदेश जान चुकिरहेको छ ।
धेरै घिउ खाए पनि गौवा त त्यहीं छ नि भन्ने चलन छ । संघीय व्यवस्थालाई राम्रो बनाउने भनेर जति फूलबुट्टा भरे पनि हाम्रो बजेट यही हो । बजेटको ४५ प्रतिशत रकबाट हामीले कुनै परिवर्तन गर्न सक्दैनौं । तसर्थ सबै कुरा गौवा जस्तै छ । यति सानो बजेटले प्रदेशलाई समृद्ध बनाउँछौं जस्तो लाग्दैन ।
बजेट वास्तवमा समानुपातिक किसिमले पिछडिएका क्षेत्रलाई विशेष आधार मानेर विनियोजन गर्नुपर्छ । नत्र पिछडिएको जनता लाभान्वित हुँदैनन् । समान भनेर हुन्न । जहाँ राम्रो भएको छ, त्यहाँ पनि उही र जहाँ राम्रो भएको छैन, त्यहाँ पनि उही गरेन हुँदैन ।
धेरै साना योजना छान्यौं । ठूला योजना छानौं भनेर भन्यौ । विद्युतको क्षेत्रमा एउटा ठूलो योजना, उद्योगमा त्यस्तै गरेर जान प्रदेश जान चुकिरहेको छ । कोभिडका कारण स्वास्थ्यमा धेरै बजेट छ भनेर खुट्टा उचालेका छौं । तर पालिकास्तरमा हेरौं त कहाँ छ स्वास्थ्यमा बजेट ? एउटा पालिकामा त एउटा योजना त जाओस् स्वास्थ्यको । किन ध्यान दिन सकेनौं हामीले ।
मुटु, रोग क्यान्सर रोगको हस्पिटललाई २ करोड छ । मंसिरमा मुटुरोग, क्यान्सर रोगको अस्पताल उद्घाटन भएको देख्न पाऊँ । पुराना योजनालाई निरन्तरता दिनु स्वाभाविक हो, तर पुरानामा छनोट नभएकालाई कसरी निरन्तरता दिने ? दिनुपर्छ कि पर्दैन । छुटेका योजनालाई सम्बोधन गर्न आवश्यक छ ।
भ्रष्टाचार बढेको छ । महँगी बढेको छ । जनतालाई सेवा सुविधा दिन महँगी नियन्त्रणमा, भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर बनोस् । योजना लथालिंग पार्ने ठेकेदार वा उपभोक्ता समितिलाई कारबाही गर्ने कार्यविधि पनि आउनुपर्छ भन्ने अनुरोध सरकारलाई गर्छु ।
गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा शुक्रबार राजमाे सांसद थापाले राखेकाे विचार।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया