महत्वाकांक्षी तर यथार्यपरक बजेट

समाधान संवाददाता २०७७ असार ६ गते ६:२८

आशा कोइराला


विषम परिस्थितिका बाबजुद बजेट आएको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवाद उन्मुख हुनु बजेटको विशेषता हो । समृद्ध प्रदेशको आधारशीला तयार गर्न यो यथार्थपरक छ । वर्तमानको जटिल समस्याको सम्बोधन यसले गरेको छ । भोलिको लक्ष्य यसले निर्धारण गरेको छ । कोभिड नियन्त्रणका लागि विशेष कार्यक्रम निर्धारण गरेको छ । वर्तमान र भविष्यलाई सम्बोधन गर्दै आएको हुँदा महत्वाकांक्षी हुनु स्वाभाविक हो ।


विश्वविद्यालय स्थापना गर्ने, औद्योगिक क्षेत्र सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने कार्यक्रम हुँदा बजेट महत्वाकांक्षी भइकन यथार्थपरक छ । निरन्तरता दिँदा पनि विरोध गरेका छौं, नयाँ गर्दा पनि विरोध गरेका छौं भने गर्नुपर्ने के हो ? भन्ने प्रश्न उठ्छ । बजेटले कृषिमार्फत समृद्धि गर्ने देखेको छ । भौतिक पूर्वाधारको निश्चित संकल्प यसले गरेको छ

Advertisement

। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम निश्चित उद्देश्यसहित आएको छ । सबैभन्दा प्रभावकारी ढंगले कार्यान्वयन भएको कार्यक्रम पनि हो यो । ९ सय कार्यक्रममध्ये एकाधबाहेक सबै सम्पन्न हुन्छन् भन्ने विश्वास गर्छु । सांसदको व्यक्तिगत खर्चको लागि बजेट दिएजस्तो ठान्नुभएको छ । तर जुन कार्यविधि छ, त्यसले कार्यकर्ताले भनेका ठाउँमा पनि दिन मिल्दैन । जनताका आवश्यकता पूरा गर्न मात्रै खर्च भएको छ ।

कृषिमा अनुदान होइन ऋण दिऔं भन्यौं । अहिले सुलभ ब्याजमा दिने भनेर आएको छ ।

Advertisement

गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा शुक्रबार नेकपा सांसद काेइरालाले राखेकाे विचार।

तपाईको प्रतिक्रिया