रहिनन् समाजसेवी तथा शिक्षाविद् अंगुरबाबा
समाधान संवाददाता
२०७७ असार ६ गते १८:३५

शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएकाे छ । राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा उनकाे निधन भएको हाे।
छातीमा संक्रमण देखिएपछि उनी ३ सातादेखि उनी न्युरो अस्पतालमा उपचाररत थिइन्।
जाेशी नेपालको पहिलो महिला क्याम्पस प्रमुख थिइन्।
१७ वर्षअघि घाँटीमा क्यान्सर देखिएपछि क्यान्सर लागेको भाग काटेर फाल्दा जोशीको अनुहार बांगिएको थियो।
त्यसपछि उनलाई स्तन क्यान्सरसमेत भएको पारिवारिक स्रोतले जनाएकाे छ ।
२०१९ सालमा राजा महेन्द्रले चार सदस्यीय संविधान मस्यौदा समिति गठन गर्दा जोशी एकल महिला सदस्यका रुपमा सहभागी थिइन्। उनकाे आजै अन्तिम संस्कार गरिने भएको छ।
सम्बन्धित









समानुपातिकमा २२ दलको मात्रै पूर्ण उम्मेदवारी
सम्पादकीय—नयाँ शक्तिको ध्रुवीकरण आशा कि अराजकता ?
यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया