विश्वभर काेराेनाबाट ४ लाख ६६ हजारकाे मृत्यु

समाधान संवाददाता २०७७ असार ८ गते ६:३९

पाेखरा

विश्वभर कोरोना भाइरस संक्रमणबाट सोमबार बिहानसम्म ४ लाख ६६ हजार ५ सय ४८ जनाको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार हुनेहरुको संख्या ८९ लाख १८ हजार १ सय १ पुगेको छ।

सबैभन्दा बढी अमेरिकामा १ लाख १९ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ। अमेरिकामा २२ लाख ७८ हजार ३ सय ७३ जना संक्रमित भएका छन्। दोस्रो नम्बरमा दक्षिण अमेरिकी मुलुक ब्राजिल छ, त्यहाँ १० लाख ८३ हजार ३ सय ४१ जना संक्रमित भएका छन् भने ५० हजार ५ सय ९१ को मृत्यु भएको छ।

Advertisement

रुसमा ५ लाख ८३ हजार ८ सय ७९ जना संक्रमित र ८ हजार १ सय १ जनाको मृत्यु भएको छ भने भारतमा ४ लाख १० हजार ४ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ।

भारतका हालसम्म कोरोना संक्रमणबाट १३ हजार २ सय ५४ जनाको मृत्यु भइसकेको छ।

Advertisement

पाँचौं बढी संक्रमित हुने देश बेलायतमा ३ लाख ५ हजार ८ सय ३ जना संक्रमित भएका छन् भने ४२ हजार ७ सय १७ को मृत्यु भएको छ।

पेरुमा २ लाख ५१ हजार ३ सय ३८, स्पेनमा २ लाख ४६ हजार २ सय ७२, चिलीमा २ लाख ४२ हजार ३ सय ५५, इटालीमा २ लाख ३८ हजार ४ सय ९९ र इरानमा २ लाख ४ हजार ९ सय ५२ जना संक्रमित भएका छन्। फ्रान्समा १ लाख ९७ हजार ८, जर्मनीमा १ लाख ९१ हजार २ सय ७२, टर्कीमा १ लाख ८७ हजार ६ सय ८५ र पाकिस्तानमा १ लाख ७६ हजार ६ सय १७ जना संक्रमित भएका छन्।

विश्वभर ४४ लाख ८ हजार १ सय १० जना कोरोना संक्रमणबाट निको भएका छन्।

तपाईको प्रतिक्रिया