अर्जुन चौपारीका ६ वर्षे १ बालिका र ७ वर्षे ३ बालकमा कोरोना

समाधान संवाददाता २०७७ असार ८ गते १२:०१

समाधान संवाददाता
स्याङ्जा, ८ असार

कारोना भाइरसको संक्रमण दिनदिनै थपिरहँदा स्याङ्जामा सोमबार १२ जना संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ९८ पुगेको छ ।

नयाँ थपिनेमा अर्जुनचौपारी गाँउपालिका ५ का १० जना, कालिगण्डकी गाँउपालिकाका २ जना छन् ।

Advertisement

अर्जुनचौपारीका ७ वर्षका ३ बालकसहित १६, ३, ३१, ३० र ३८ वर्षका पुरुष र ६ वर्षकी बालिकासहित ५० वर्षकी १ महिलामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिए ।

त्यस्तै कालिगण्डकी गाँउपालिकाका १४ र ४८ वर्षका पुरुष छन् । संक्रमित सबै भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । अर्जुनचौपारी गाँउपालिकामा संक्रमित जेठ १७ गते भारतबाट आएर घण्टे माविमा क्वारेन्टाइनमा बसेको र जेठ २८ गते स्वाब लिइएको थियो ।

Advertisement

स्याङ्जाका ९८ जनामध्ये ७ जना निको भएर घर फर्किएका छन् भने १ जना संक्रमितको भने मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया