थप ५३५ जनामा कोरोना, संक्रमित साढे ९ हजार पुगे

समाधान संवाददाता २०७७ असार ८ गते १८:२६

समाधान संवाददाता

नेपालमा थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ३७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २१४२ पुगेको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।

Advertisement

तपाईको प्रतिक्रिया