भारतीय गाडीले ठक्कर दिदा वृद्धको मृत्यु
समाधान संवाददाता
२०७७ असार ९ गते ८:०७

रासस, हेटाैडा ।
भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ । सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारतबाट एलपी ग्यास लिएर हेटौँडा हुँदै चितवनतर्फ जाँदै गरेको एनएल१एल २४७० नंको भारतीय ग्यास बुलेटको ठक्करबाट घिसिङको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक घिसिङ मनहरी–६ सुनाचुरीका स्थानीयवासी रहेको मकवानपुर प्रहरीले जनाएको छ । ठक्कर दिने ग्यास बुलेट र सो बुलेटका चालक भारत मोतिहारी जगदाका ५६ वर्षीय विजय मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सम्बन्धित









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया