प्रदेश राजधानीमा लगानी बढाऔं

समाधान संवाददाता २०७७ असार १० गते ६:५७

मनबहादुर गुरुङ
कास्की/ नेकपा

आगो, रुख र ऋणबाट जोगिनुपर्छ । नत्र सखाप पार्छ है भनिएको छ । यो सरकार यस्तो पस्थितिमा पनि जनतालाई खुसी बनाउन २ अर्बको ऋण लिएर अगाडि बढेको छ । म सरकारको यो आँट र सकारात्मक सोचप्रति धन्यवाद दिन्छु । विद्या आर्जन गर्दा, बाटो काट्दा र केही काम थाल्दा सुस्त सुस्त सुरु हुन्छ भनिन्छ । यो प्रदेशको जनताको अपेक्षा अनुसार पक्कै पनि काम गर्ने छ ।

आफू बसेको ठाउँ बलियो बनाउन सके आफूले टेको ढुंगा बलियो बनाउनुपर्छ । तबमात्र अन्त केही गर्न सकिन्छ । प्रदेशको राजधानीलाई स्मार्ट बनाउन सक्यो भने अरु सेटलाइट सहर बनाउन सजिलो हुन्छ । प्रदेशको राजधानीमा अझै ध्यान जानुपर्छ ।

Advertisement

मुख्य न्यायाधिवक्ताको कार्यालयले धेरै कानुन निर्माण गरेर हामी यो अवस्थामा आइपुगेका छौं । धेरै राम्रो काम गरेको छ । स्थानीय तहको पदाधिकारीको सेवा सुविधासम्बन्धी कानुनप्रति गुनासो आएको छ । यसलाई सुधार गर्नुपर्छ ।
प्रदेश नीति तथा योजना आयोग सिद्धान्त ल्याउने कुरामा अब्बल छ । तर किन परिणाम आउन सकेन त्यसमा ध्यान दिनुहोला ।

भौतिक पूर्वाधारले निकै राम्रो काम गरेको छ । निर्वाचन, रणनीतिक सडक राम्रा छन्, निरन्तरता पाएका छन् । यतिले मात्र हुँदैन प्रदेश गौरवका आयोजना ल्याउनुपर्छ कि ।
हामीले अवलम्बन गरेको आर्थिक नीति सबैभन्दा राम्रो हो । अर्थमन्त्रीले राम्रोसँग जवाफ दिनुभएको छ । पहिला धेरै प्रश्न सोध्न मन थियो, उत्तर पढेपछि सन्तुष्ट भएँ ।

Advertisement

मुख्यमन्त्री वातावरण मैत्री कार्यक्रम धेरै राम्रो छ । मियो राम्रो भएपछि सबै कुरा राम्रो हुन्छ । सबै कुरामा सक्षम हुनुहुन्छ हाम्रो मुख्यमन्त्री । तर मुख्यमन्त्रीले सोचेजस्तो काम भए न कि ? यसमा हामीले सहयोग गर्नु पर्छ कि । प्रशासनको साथीबाट अलि सहयोग गर्नुपर्छ कि भन्ने लागेको छ ।

गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार सांसद गुरुङले राखेकाे विचार

तपाईको प्रतिक्रिया