मादी गाउँपालिकाकाे बजेट ६५ करोड ७४ लाख- पूर्णपाठ सहित

सभाध्यक्ष ज्यू,
गाउँसभा सदस्य ज्यूहरु,
ज्ञ। कोरोना भाइरस (कोभिड १९) को कहरका बीच गाउँपालिकाको सम्मानित सातौं गाउँसभामा पारित नीति तथा कार्यक्रममा आधारित रही आगामी आ.व. २०७७÷०७८ को वार्षिक बजेट प्रस्तुत गर्न पाउँदा गौरवान्वित महशुस गरेको छु । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा नेपालको युगान्तकारी परिवर्तनको लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने आदरणीय ज्ञात अज्ञात शहिदहरु प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु ।
द्द। विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको नोवल कोरोना भाइरस (कोभिड १९) को कारण सृजित आर्थिक तथा स्वास्थ्य संकटबाट मुलुकको अर्थतन्त्रमा परेको प्रभावले पालिकालाई प्राप्त हुने संघीय सरकार तथा प्रदेश सरकारको समानीकरण अनुदान, राजश्व बाँडफाँड तथा पालिकाको आन्तरिक आयमा समेत कटौती हुन पुगेको यस अवस्थामा पालिकाबाट संचालित योजना तथा कार्यक्रमहरु प्रभावित हुन पुगेका छन् ।
घ। मैले बजेट मार्फत कोभिड १९ को असरबाट सृर्जित वर्तमान अवश्थामा रोजगारी सृजना गर्ने, कृषि तथा पशुपालनको क्षेत्रमा लगानीको सुनिश्चितता गर्ने, पूर्वाधार विकास क्षेत्रमा स्थानीय स्रोत, साधन तथा मानवीय स्रोतको भरपूर परिचालन गरी रोजगारी वृद्धि हुने अपेक्षा गरेको छु ।
द्ध। गाउँपालिकाको बजेट तर्जुमा गर्दा नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४, संघीय र प्रदेश सरकारले जारी गरेका नीति, कानुन तथा मापदण्डहरु, गाउँपालिकाको आवधिक विकास योजना (२०७५÷०७६ – २०७९÷०८०), वस्तीस्तर, वडा तह हुँदै विषयगत समितिबाट प्राप्त भएका सुझावहरु तथा गाउँ कार्यपालिकाबाट प्राप्त सुझाव समेतलाई मध्यनजर गरेको छु ।
छ। नोवल कोरोना भाइरस (कोभिड १९) महामारीको कारणबाट शिथिल हुन पुगेको पालिकाको अर्थतन्त्रलाई गतिशील बनाउनको लागि पालिकाबाट आयोजना गरिने सवै प्रकारका बैठकको भत्ता कटौती गरेको छु र बजेट तर्जुमा गर्दा पालिकाको आन्तरिक स्रोतको परिचालन मार्फत राजश्व अभिवृद्धि गरी तत्काल रोजगारी सृजना हुने क्षेत्रमा लगानी हुने कार्यक्रम तर्जुमा गरेको छु ।
सभाध्यक्ष ज्यू,
अब, म चालु आ.व. २०७६÷०७७ मा गाउँपालिकाबाट संचालन भएका महत्वपूर्ण योजना तथा कार्यक्रमको संक्षिप्त विवरण प्रस्तुत गर्न अनुमति माग्दछु ।
ट। पालिका र जिल्ला समन्वय समिति कास्कीको लागत साझेदारीमा वडा कार्यालय भवन नभएका वडाहरुमा वडा कार्यालय भवन निर्माण गर्ने योजना अन्र्तगत ४ नं. वडाको वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने, वडा नं. १२ को वडा कार्यालय भवन सम्पन्न हुने क्रममा रहेको छ । साथै ५, ६, ७, ८ र ९ नं. वडाका कार्यालय भवनहरु निर्माणको क्रममा रहेका छन् ।
ठ। स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी भवन निर्माणको काम सुचारु गरिएको छ भने वडा नं. २ र १० मा खोप केन्द्र भवन निर्माण भइरहेका छन् ।
ड। यस गाउँपालिका अन्र्तगत रहेका विद्यालयहरु मध्ये, लायन्स क्लव अफ इन्टरनेश्नल वानगेन इज्नी र नेपाल चिल्ड्रेन ओभर ल्याक प्रोजेक्ट जर्मनीको सहयोगमा अन्नपूर्ण मा.वि सिक्लेसमा फर्निचर सहितको १२ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भई संचालनमा आएको छ । सिताराम मा.वि. याङ्जाकोटमा १४ कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भई पठनपाठनको तयारीमा रहेको छ । गाउँपालिका, नेपाल चिल्ड्रेन ओभर ल्याक प्रोजेक्ट जर्मनी र भुकम्प प्राधिकरणको साझेदारीमा हिमालयन मा.वि.गोर्जेमा १२ कोठे पक्की भवन निर्माण भई पुरानो भवन विस्थापन गरिएको छ । यसै गरी यस पालिका र पहार ट्रस्ट नेपालको लागत साझेदारीमा जनकल्याण मा.वि मकैखोलामा १४ कोठे पक्की भवन निर्माण गरी पुरानो भवन प्रतिस्थापन गर्न लागिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) कास्कीको सहयोगमा धनुबास कालिका मा.वि. छाचोक र जनमन्दिर आधारभूत विद्यालय थुम्सिकोटमा ४ कोठे भवन तथा प्रभात आ.वि. पाखुरीकोट, नारायणी आ.वि. रोहीगाउँ, सिद्ध आ.वि. पोसीमा २ कोठे भवन निर्माण भइरहेको छ । यसै गरी राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) कास्कीको सहयोगमा नै महारुद्र मा.वि.तप्राङमा खानेपानी ट्यांकी र शौचालय निर्माण गरिएको छ ।
ढ। संघीय सरकार तथा प्रदेश सरकारको सहयोगमा काहूँखोला–दुधपोखरी, कसेरी–भैंसे–याङ्जाकोट, राखी–मिजुरे र तालवेंसी–लिपेयानी–चमेरेओडार सडक पक्की बनाउने कार्य शुरु भएको छ । यसै गरी पालिका भित्रका कच्ची सडक मध्ये करिव १६० किलोमिटर सडकको स्तरोन्नति गरी यातयात संचालन गर्न योग्य बनाइएको छ भने करिव २२ किलोमिटर नयाँ सडक विस्तार गरिएको छ ।
ज्ञण्। चालु आ.व.मा यदीखोला, चत्क्युखोला, थाकखोला, वुम्लेखोला झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएर संचालनमा आएका छन् भने सेतीखोला ट्रसपुल, घट्टेखोला सवी ट्रसपुल र पातीखोला झोलुङ्गेपुलको निर्माण कार्य शुरु गरिएको छ ।
ज्ञज्ञ। मादी, ६ तप्राङ्गमा खुल्ला वन्यजन्तु पार्क निर्माण कार्य अगाडि वढाइएको छ, मादी १० र ११ मा अवस्थित लम्तरीडाँडामा यस पालिकाको साझेदारीमा लम्तरी धार्मिक क्षेत्र विकास समितिद्वारा लम्तरी मन्दिर निर्माण कार्य गरिएको छ, यसै गरी वडा नं. १ सिक्लेसमा २ वटा कोइवु निर्माण कार्यमा साझेदारी गरिको छ भने वडा नं. ५ को ॐमकारेश्वर शिव मन्दिर परिसरमा गणेश मन्दिर निर्माण गरिएको छ ।
ज्ञद्द। प्रदेश सरकार र यस पालिकाको लागत साझेदारीमा १५० वटा काठेपोललाई स्टिलपोलबाट प्रतिस्थापन गरिएको छ । वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र पालिकाको लागत साझेदारीमा उपल्लो भेगका पर्यटकीय क्षेत्रहरुमा सोलार वत्ती जडान गर्ने काम सम्पन्न भएको छ । साथै नवीकरणीय उर्जा कार्यक्रमबाट मादी–२ क्रपुडाँडामा सोलार लिफ्टिङ्ग खानेपानी योजना शुरु गरिएको छ ।
ज्ञघ। अध्यक्ष संग युवा स्वरोजगार कार्यक्रम अन्र्तगत ८८ जना उत्साही युवालाई व्यवसाय प्रवद्र्धन गर्न अनुदान उपलब्ध गराईएको छ । यसै गरी कृषि विकास र पशु सेवा अनुदान अन्र्तगत १४ जना व्यवसायिक कृषकहरुलाई अनुदान उपलब्ध गराइएको छ ।
ज्ञद्ध। प्रधानमन्त्री युवा स्वारोजगार कार्यक्रम अन्र्तगत रोजगार सेवा केन्द्रमा दर्ता भएका ६० जना वेरोजगार युवालाई १०० दिनको रोजगारी उपलब्ध गराइएको छ ।
ज्ञछ। व्यवसायिक कृषि प्रवद्र्धन गर्नका लागि समुह मार्फत पचास प्रतिशत अनुदानमा १२ थान हाते ट्याक्टर, १५ थान असिना छेक्ने जाली, ७६ थान टनेल प्लास्टिक, १३ थान प्लास्टिक पोखरी, ३६ थान मौरी घारगोला उपलब्ध गराइएको छ ।
ज्ञट। वडा कार्यालयको सिफारिस तथा मागको आधारमा ८ हजार ९ सय मिटर खानेपानी पाइप तथा १३६ थान ग्याविन जाली वितरण गरिएको छ ।
ज्ञठ। स्वच्छ र सफा खानेपानी सुविधालाई सुनिश्चित गर्नको लागि एक घर एक धारा कार्यक्रम अन्र्तगत मादी २ ताङ्तिङ्गमा पालिका र नेपाल रेडक्रस सोसाईटी कास्कीको लागत साझेदारीमा खानेपानी योजना सम्पन्न भएको छ, यसै गरी वडा नं. १२ मा टुनीपानी लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न भएको छ भने सोही वडाको आरुवोट लिफ्टिङ्ग खानेपानी योजनाको निर्माण कार्य भईरहेको छ । मादी ६ चिप्लीमा ३७ घरधुरीलाई विशेष अनुदानबाट खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ ।
ज्ञड। वडा कार्यालयको सिफारिस तथा माग संकलनको आधारमा पचास प्रतिशत अनुदानमा १३ हजार १ सय ८० गोटा विभिन्न जातका फलफूलका विरुवा र १७ हजार १ सय गोटा डालेघाँस तथा भुईघाँसका विरुवा वितरण गरिएको छ ।
ज्ञढ। कोभिड १९ को कारण मुलुकभर जारी लकडाउनको अवधिमा पालिकामा रहेका २०६२ असंगठित क्षेत्रमा कार्यरत श्रमिकवर्ग तथा पालिकाका विपन्न घर परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको छ । यसै गरी सवै वडामा क्वारेण्टाइन स्थापना तथा व्यवस्थापन गरिएको छ । सवै स्वास्थ्य चौकीहरुमा आधारभूत औषधी तथा सुरक्षाका सामग्रीहरु उपलब्ध गराईएको छ । साथै यस अवधिमा पालिका बासीलाई निःशुल्क एम्बुलेन्स सेवा समेत उपलब्ध गराइएको छ ।
द्दण्। कोरोना महामारीको कारण विदेशबाट फर्केका व्यक्तिलाई पालिकामा स्थापना भएका क्वारेण्टाइनसम्म र आवश्यकता अनुसार अस्पताल सम्म ल्याउने र लैजाने व्यवस्थाको लागि पालिकाबाट सवारी साधनको व्यवस्था मिलाइएको छ ।
द्दज्ञ। न्यायिक समितिमा दर्ता हुन आएका १४ वटा उजुरी मध्ये ९ वटा उजुरी मेलमिलाप विधिबाट समाधान गरिएको, ४ वटा विवाद समाधनको लागि माथिल्लो निकायमा सिफारिस गरी पठाइएको छ ।
द्दद्द। उपाध्यक्ष संग महिला विकास कार्यक्रम अन्र्तगत १६ दिने महिला हिंसा विरुद्धको अभियान १२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको । वडा नं. ५ मा ३ महिने सिलाई कटाई तालिम, वडा नं. २ मा पछ्यौरा वुन्ने तालिम, वडा नं. ४ मा चुरा पोते बनाउने तालिम, वडा नं. ८ मा सुइटर र झोला वुन्ने तालिम तथा वडा नं. १० मा उद्घोषण तालिम सम्पन्न भएको छ ।
द्दघ। चालु आ.व.मा नगर प्रहरी व्यवस्थापन ऐन २०७६, नौ वटा कार्यविधि, एउटा मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । साथै सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७७ र भवन निर्माण मापदण्ड २०७७, स्वीकृतिको लागि सम्मानित सभामा पेश भएको छ ।
द्दद्ध। पर्यटन प्रर्वद्धनको लागि पालिकाद्वारा पर्यटकीय गन्तव्यहरु समावेश भएको मादी सचित्र पुस्तक प्रकाशन गरिएको छ । साथै पालिकाका गन्तव्यहरु समेटी तयार पारिएको वृत्तचित्र प्रकाशनका चरणमा रहेको छ ।
द्दछ। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एक सय पर्यटकीय गन्तव्य अन्र्तगत सिक्लेसमा साँस्कृतिक ग्रामको डिपिआर तयार गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा पूवार्धार निर्माण कार्य शूरु भएको छ ।
द्दट। खेतीयोग्य उर्वर भूमिमा सिंचाई सुविधा पु¥याई वाह्रै महिना खेती योग्य बनाउने लक्ष्य अनुरुप वडा नं. १० मा दुई वटा सिंचाई योजना सम्पन्न भएका छन् । साथै सिंचाइ सुविधाको लागि सम्वन्धित वडाको सिफारिसको आधारमा २००० मिटर सिंचाइ पाइप वितरण गरिएको छ ।
सभाध्यक्ष ज्यू,
गाउँसभा सदस्य ज्यूहरु,
द्दठ। अब, म आर्थिक वर्ष २०७७÷०७८ को बजेटका उद्देश्यहरु प्रस्तुत गर्न गइरहेको छु ः
ड्ड कोरोना भाइरस (कोभिड १९) महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने ।
ड्ड कृषि तथा पशुपालनको क्षेत्रमा लगानी वृद्धि गर्ने ।
ड्ड कृषि विकास, पशुपालन तथा उद्यम विकास मार्फत अधिकतम रोजगारीका अवसर सृजना गर्ने ।
ड्ड विदेशबाट फर्केका युवाहरुलाई स्वदेशमा नै स्वरोजगार हुन प्रेरित गर्ने ।
ड्ड आर्थिक विकास तथा गरिवी निवारणमा प्रत्यक्ष योगदान पु¥याई जनताको जीवनस्तरमा सुधार गर्ने ।
ड्ड पूर्वाधार विकासको क्षेत्रमा लगानी बढाउने ।
ड्ड दिगो विकास, वातावरणीय संरक्षण, तथा सम्वद्र्धन गर्न सघाउ पु¥याउने ।
द्दड। समृृद्ध मादी निर्माणका लागि पालिकाले अनुशरण गरको मूल नारा “पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार , समन्यायिक समृद्धि मादीका मूल आधार” लाई आत्मसात गर्दै आर्थिक वर्ष २०७७÷०७८ को वजेटमा देहायका क्षेत्रको लगानीलाई उच्च प्राथमिकता दिएको छु ।
ड्ड कोरोना भाइरस (कोभिड १९) को महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने कार्यका लागि जनचेतनामूलक कार्यक्रम संचालन,
ड्ड कोरोना भाइरस (कोभिड १९) को महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने कार्यका लागि क्वारेण्टाइन निर्माण व्यवस्थापन,
ड्ड पालिकाबासीका लागि कृषि र पशुपालन व्यवसाय मार्फत काम र रोजगारी सृजना,
ड्ड कोभिड १९ को कारण वैदेशिक रोजगार गुमाएर फर्केका युवा जनशक्तिलाई उद्यम विकास मार्फत स्वरोजगार हुन पे्ररित, साथै प्रधानमन्त्री रोजगारका कार्यक्रम मार्फत रोजगारी प्रदान,
ड्ड पालिका केन्द्र र वडा केन्द्रहरुलाई जोड्ने रणनीतिक महत्वका सडकहरुको स्तरोन्नति,
ड्ड गाउँपालिका प्रशासकीय भवन, वहुउद्देश्यीय भवन, विद्यालय भवन लगायतका संरचनाहरु निर्माण,
ड्ड चालु आर्थिक वर्षमा पूरा हुन नसकेका पूर्वाधार निर्माण,
ड्ड सडक पुल तथा झोलुङ्गेपुलहरु निर्माण,
ड्ड शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई जस्ता सामाजिक क्षेत्रमा लगानी,
ड्ड कृषि क्षेत्रको अधुनिकीकरण, व्यवसायिकरण र यान्त्रीकरण,
ड्ड पर्यटन पुर्वाधारको विकास र प्रवद्र्धन गरी मादीलाई पर्यटकीय हवको रुपमा विकास,
ड्ड युवा आयआर्जन तथा स्वरोजगार कार्यक्रम मार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि,
ड्ड उर्जाको विकास र विस्तार तथा विद्युतीकरण, सिंचाई पूर्वाधार संरचना निर्माण,
ड्ड परम्परागत संस्कृतिको संरक्षण तथा घरेलु तथा साना उद्योगहरुको र सहकारी क्षेत्रको विकास,
ड्ड महिला, वालवालिका, आदीवासी जनजाति, दलित, जेष्ठ नागरिक, अपाङ्ग लगायत पछाडि पारिएका वर्गको उत्थान तथा विकासका र सामाजिक सुरक्षा कार्यक्रम संचालन,
ड्ड युवा क्लव तथा विभिन्न संघ सस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि एवं खेलकुद पूर्वाधार संरचनाहरुको निर्माण,
ड्ड फोहोर मैला व्यवस्थापन, वन तथा वातावरण संरक्षण र विपद् व्यवस्थापन,
ड्ड पालिकाबाट प्रवाह गरिने सेवा लाई मितव्ययी, प्रभावकारी, उत्तरदायी, पारदर्शी र नतिजामुखी तुल्याउनको लागि आवश्यक संरचनागत र संस्थागत व्यवस्था ।
सभाध्यक्ष ज्यू,
गाउँसभा सदस्य ज्यूहरु,
अब, म आगामी आ.व.को वजेट प्रस्तुत गर्नु भन्दा अगाडि चालु आ.व. २०७६÷०७७ संक्षिप्त आर्थिक विवरण प्रस्तुत गर्न अनुमति चाहन्छु ।
द्दढ। कोरोना भाइरसको कारणबाट उत्पन्न परिस्थितिले आर्थिक वर्ष २०७६÷०७७ मा पालिकाले राखेको वार्षिक लक्ष्य अनुसारको आम्दानी प्राप्त हुन नसक्ने देखिएको छ । हालसम्म चालु खर्च रु. ३० करोड २७ लाख ५९ हजार ९ सय २८ रुपैयाँ ( ६३.६२ प्रतिशत) र पूँजिगत खर्च रु. ७ करोड ८० लाख ४४ हजार ९ सय ३९ रुपैयाँ (३९.०९ प्रतिशत) भएको छ ।
घण्। चालु आ.व. मा रु. ६६ करोड ५० लाख ७७ हजार १ सय ७४ रुपैयाँ पैसा ८ प्राप्त हुने अनुमान गरिएकोमा हाल सम्म जम्मा रु. ५१ करोड १४ लाख १० हजार ६ सय ९५ रुपैयाँ पैसा ८० मात्र प्राप्त भएको छ ।
घज्ञ। अब, म आगामी आ.व. २०७७÷०७८ को लागि श्रोत अनुमान तथा वजेटको सीमा निर्धारण समितिबाट कायम हुन आएको देहाय वमोजिम शीर्षकगत आय विवरण प्रस्तुत गरेको छु ।
घद्द। चालु आ.व.को प्रस्तावित अनुमान रु. ६६ करोड ५० लाख ७७ हजार १ सय ७४ पेश गरिएकोमा संशोधित आय अनुमान ५१ करोड १४ लाख १० हजार ६ सय ९५ रुपैयाँ पैसा ८० रहेको छ । आगामी आ.व. २०७७÷०७८ मा ६५ करोड ७४ लाख ७२ हजार ५ सय ४८ रुपैयाँ प्रस्ताव गरिएको छ, । त्यस्तै, व्ययको विवरण तर्फ चालु आ.व.को संशोधित व्यय अनुमान ३८ करोड ८ लाख ४ हजार ८ सय ६७ रहेकोमा आगामी आ.व. २०७७÷०७८ मा ६५ करोड ७४ लाख ७२ हजार ५ सय ४८ रुपैयाँ प्रस्ताव गरेको छु ।
श्रद्धेय सभाध्यक्ष ज्यू,
सभा सदस्य ज्यूहरु,
अव, म देहाय वमोजिमका विषयगत क्षेत्र अनुसारका बजेट प्रस्तुत गर्न अनुमति चाहन्छु ।
घघ। पूर्वाधार विकास ः पूर्वाधार विकास क्षेत्रमा देहाय बमोजिम खर्च गर्ने गरी रु. १८ करोड ३ लाख ७ हजार ४८ प्रस्ताव गरेको छु ।
गाउँपालिकाको प्रशासकीय भवन, वडाहरुको कार्यालय भवन निर्माण, सामुदायिक भवन निर्माण र अन्य भवन संरचना निर्माण तथा मर्मतका लागि रु ५ करोड ३५ लाख प्रस्ताव गरेको छु ।
मादी गाउँपालिकाको प्रस्तावित रिङ्गरोड याङ्जाकोट–तोगी–वार्चोक–भाचोक–नागिधार–पोशी–पक्र्यु सडकको वाँकी ट्रयाक खोल्नका लागि रु. २० लाख बजेट व्यवस्था गरको छु ।
स्थानीयस्तरका सडकहरुको निर्माण तथा स्तरोन्नति, नयाँ ट्रयाक ओपन र गोरेटो वाटो सुधारको लागि रु २ करोड १६ लाख २० हजार प्रस्ताव गरेको छु ।
सार्वजनिक निजी साझेदारीमा उद्योग संचालनको लागि रु १ करोड ३० लाख विनियोजन गरेको छु ।
पूर्वाधार संरचनाहरुको मर्मत सम्भार कोषको लागि रु ५० लाख प्रस्ताव गरेको छु ।
सार्वजनिक निर्माण साझेदारी कोषको लागि रु ५० लाख प्रस्ताव गरेको छु ।
पूर्वाधार निर्माण तथा मर्मत सुधारको लागि रु ३२ लाख २० हजार प्रस्ताव गरेकी छु ।
सर्र्शत तथा हस्तान्तरीत कार्यक्रम अन्र्तगतवाट प्राप्त हुने पूर्वाधार निर्माण अनुदान सोही वमोजिमका शीर्षकहरुमा खर्च गर्ने गरी प्रस्ताव गरेको छु ।
घद्ध। आर्थिक विकास ः आर्थिक विकास क्षेत्रमा देहाय वमोजिम खर्च गर्ने गरी ३ करोड २९ लाख ७५ हजार रुपैयाँ प्रस्ताव गरेको छु ।
पशु धन तथा वागवानी विकासका कार्यक्रमका लागि रु १८ लाख ७० हजार प्रस्ताव गरेको छु ।
अध्यक्ष संग युवा स्वरोजगार कार्यक्रमको लागि रु ५० लाख विनियोजन गरेको छु ।
कृषि तथा पशुपालन अनुदान, औजार उपकरण तथा कृषि प्रर्वद्धन गरी रोजगारी सृजना गर्नको लागि रु ६४ लाख विनियोजन गरेको छु ।
आय आर्जन सम्वन्धी कार्यक्रम तथा सचेतनामूलक तालिमका लागि रु. ५३ लाख ७४ हजार प्रस्ताव गरेको छु ।
कृषि तथा पशु औजार उपकरण वितरण अनुदान र कृषि तर्फको सामान्य पूर्वाधार निर्माण सुधारका लागि रु २५ लाख ३० हजार प्रस्ताव पेश गरेको छु ।
सशर्त अनुदान अन्र्तगत प्राप्त बजेट तथा कार्यक्रम सोही बमोजिम खर्च हुने व्यवस्था मिलाएको छु ।
घछ। सामाजिक विकास ः सामाजिक विकास क्षेत्रमा देहाय वमोजिम खर्च गर्ने गरी रु ३३ करोड ३६ लाख ९१ हजार ५ सय प्रस्ताव गरेको छु ।
खानेपानी तर्फ रु ३३ लाख ८० हजार प्रस्ताव गरेको छु । जसवाट एक घर एक धारा निर्माण तथा खानेपानी आयोजनाहरुको मर्मत सुधारको लागि खर्च गरिने छ ।
युवा, खेलकुद तथा संस्कृति संरक्षण तर्फ रु. १७ लाख प्रस्ताव गरेको छु ।
उपाध्यक्ष संग महिला वालवालिका तथा अपाङ्गता भएका व्यक्ति लक्षित कार्यक्रमको लागि रु. १५ लाख प्रस्ताव गरेको छु ।
गाउँपालिका तथा वडा कार्यालयबाट संचालन हुने क्षमता विकास तथा लक्षित कार्यक्रम तर्फ रु ४६ लाख प्रस्ताव गरेको छु ।
विद्यालय तलव अनुदान, विद्यालयको कार्यसम्पादनमा आधारित अनुदान, स्वास्थ्य संस्था तलव अनुदान र महिला स्वास्थ्य स्वंय सेविका प्रोत्साहन भत्ता समेत गरी रु. ५२ लाख प्रस्ताव गरेको छु ।
गुरुङ्ग संस्कृतिको ऐतिहासिक सम्पदा क्होलासोंथर क्षेत्रको उत्खनन् तथा अन्वेषण कार्यको लागि रु. ५ लाख बजेटको व्यवस्था मिलाएको छु ।
सर्र्शत तथा हस्तान्तरीत कार्यक्रम अन्र्तगत प्राप्त हुने स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार अनुदान सोही वमोजिमका शीर्षकमा खर्च हुने गरी प्रश्ताव गरेको छु ।
घट। सुशासन तथा संस्थागत विकास ः
सुशासन तथा संस्थागत विकास तर्फ देहाय बमोजिम खर्च गर्नेगरी रु ९ करोड ८४ लाख १४ हजार प्रस्ताव गरेको छु ।
गाउँपालिका र वडा कार्यालयको चालु खर्च, संस्थागत क्षमता विकास, फर्निचर, मेशिनरी औजार, खरिद तथा सुधारको क्षेत्रमा खर्च गरिनेछ ।
चालु खर्च तर्फ रु ८ करोड ५७ लाख ५९ हजार विनियोजन गरिएको छ । उक्त वजेटबाट पदाधिकारी सुविधा, कर्मचारी तलवभत्ता, पोशाक, विभिन्न पुरस्कार सम्मान, सार्वजानिक सुनुवाई, सार्वजानिक परीक्षण, योजनाको प्रभाव असर मुल्यांकन, विभिन्न कोष, परामर्श सेवा, कानुन निर्माण, सुचना तथा सञ्चार जस्ता शिर्षकमा खर्च गर्ने व्यवस्था मिलाएको छु ।
घठ। वन, वातावरण तथा विपद् व्यवस्थापन ः
वन, वातवरण तथा विपद् व्यवस्थापनमा देहाय वमोजिम खर्च गर्ने गरी रु १ करोड २० लाख ८५ हजार प्रस्ताव गरेको छु ।
नोवल कोरोना भाइरस (कोभिड १९) को प्रकोप रोकथाम, नियन्त्रण तथा व्यवस्थापन तथा अन्य विपद व्यवस्थापन कार्यमा खर्च गर्ने गरी प्रकोप व्यवस्थापन कोषमा रु १ करोड विनियोजन गरेको छु ।
विपद् व्यवस्थापन सम्वन्धी अभिमूखीकरण, भू–क्षय नियन्त्रण, नदी नियन्त्रण, सरसफाई सम्वन्धी कार्यक्रमहरु संचालन गर्न रु २० लाख ८५ हजार प्रस्ताव गरेको छु ।
घड। चालु आ.व. २०७६÷०७७ मा गाउँपालिका तथा वडा कार्यालयबाट संचालन हुने गरी स्वीकृत योजना तथा कार्यक्रम कोभिड १९ को कारण सृजित अवस्थाबाट प्रभावित भई संचालन हुन नसकेका हुँदा उक्त योजना तथा कार्यक्रमलाई आगामी आ.व. २०७७÷०७८ मा क्रमागतमा राखी संचालन हुने व्यवस्था मिलाएको छु ।
सभाध्यक्ष ज्यू,
गाउँसभा सदस्य ज्यूहरु,
अब, म गाउँपालिकाको आ.व. २०७७÷०७८ को समग्र क्षेत्रगत प्रस्तावित नीति, कार्यक्रम र बजेटको सार संक्षेपित प्रस्तुतिका लागि अनुमति माग्दछु ।
घढ। मैले माथि प्रस्तुत गरेको क्षेत्रगत बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि अगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु ८ करोड ४९ लाख, शर्शत अनुदान रु २२ करोड १२ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने रु ८ करोड २२ लाख ६७ हजार ३ सय ९७, सामाजिक सुरक्षा अनुदान ११ कारोड, प्रदेश सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १ करोड २१ लाख ६१ हजार, प्रदेश सरकारको राजश्व वाँडफाँडबाट प्राप्त हुने रु ४४ लाख ७४ हजार, आन्तरीक आय तथा रोयल्टी वाँडफाँड रकम रु ५ करोड ४७ लाख १३ हजार १ सय ३, स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त अनुदान १ करोड ५० लाख, संघ, प्रदेश, जि.स.स. साझेदारी अनुदान रु ३ करोड ५० लाख, २०७६।०७७ को असार मसान्त सम्म हालको अनुमानमा खर्च भई बाँकी रहने मौज्दात ३ करोड ७३ लाख ९२ हजार ४८ रुपैया रहने अनुमान गरेको छु । संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदान, विशेष अनुदान, सर्शत अनुदान तथा प्रदेश सरकारबाट प्राप्त हुने समपूरक अनुदान र अन्य संघ संस्थाबाट प्राप्त हुने वजेट तथा कार्यक्रमको सुनिश्चितता बजेट प्राप्तिमा रहने हुँदा सोही बमोजिम कार्यान्वयनमा जोड दिईने छ ।
सभाध्यक्ष ज्यू,
सभा सदस्य ज्यूहरु,
द्धण्। अब, म मादी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नका निमित्त स्थानीय कर तथा शुल्क, संकलन गर्ने, छुुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्ने सम्वन्धी कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७७ प्रस्तुत गर्न अनुमति माग्दछु ।
द्धज्ञ। यसैगरी सम्मानित सभा समक्ष मादी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को सेवा र कार्यहरुकोलागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिने र सो रकम विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विनियोजन विधेयक, २०७७ प्रस्तुत गर्न अनुमति माग्दछु ।
साथै आगामी आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित आय व्यय विवरणहरु, आर्थिक विधेयक, २०७७, विनियोजन विधेयक, २०७७, तथा वार्षिक विकास कार्यक्रमहरु अनुसूचीमा उल्लेख गरेको छु ।
सभाध्यक्ष ज्यू,
गाउँसभा सदस्य ज्यूहरु,
द्धद्द। अन्त्यमा, बजेट तर्जुमाका सिलसिलामा मार्गदर्शन गर्नुहुने श्रद्धेय अध्यक्ष ज्यू, आदरणीय सभा सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत ज्यू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, लगायत सवै राष्ट्र सेवक कर्मचारी, निजी क्षेत्र, नागरिक समाज, पत्रकार, सुरक्षकर्मीबाट प्राप्त सल्लाह, सुझाव र सहयोग प्रति हार्दिक आभार प्रकट गर्दछु । बजेट कार्यान्वयनमा पालिका बासी दाजुभाई तथा दिदीबहीनीहरु, जनप्रतिनिधिहरु, स्थानीय राजनितिक दल, राष्ट्रसेवक कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता समिति र आम सरोकारवालाहरु सवैको साथ र सहयोग रहने अपेक्षा गरेको छु । विगत वर्षबाट यस गाउँपालिकाले लिएको दीर्घकालीन विकास योजना, आगामी आ.व.को लागि प्रस्तावित नीति, कार्यक्रम तथा वजेट प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेमा गाउँपालिकाको भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, साँस्कृतिक एवं मानवीय विकासका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिएकोले यसको सफल कार्यान्वयनका लागि सम्वद्ध सवै पक्षहरुबाट सदा झैं निरन्तर सहयोगको अपेक्षा सहित प्रस्तुत वजेटकोे दफावार छलफलमा यस सभाबाट प्राप्त थप रचनात्मक सुझावहरुको अपेक्षा सहित, हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
धन्यवाद ।
विष्णुमाया आचार्य पौडेल
उपाध्यक्ष









कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया