रक्तस्राव हुनथालेपछि सुत्केरीको हवाई उद्धार
समाधान संवाददाता
२०७७ असार १२ गते १४:५१

बलेवा
अत्यधिक रक्तस्राव हुनथालेपछि सुत्केरीलाई हेलिकप्टर उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ वर्षीया तिर्सना श्रीसलाई गाउँपालिकाले आज बिहान उद्धार गरेको हो ।
बिहीबार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनीको अत्यधिक रक्तस्राव हुनथालेपछि थप उपचारका लागि प्रादेशिक अस्पताल पोखरा पठाइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।
सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा अस्पताल पठाइएको उनले बताउनुभयो । चिकित्सकका अनुसार नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।
फाइल फाेटाे
सम्बन्धित









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया