पोखरेली युवाहरुले गरे राहत वितरण

समाधान संवाददाता २०७७ असार १२ गते १८:२१

समाधान संवाददाता
पोखरा

पोखरेली युवाहरुको एक समूहले पोखरामा ठूलो मात्रामा राहत वितरण गरेका छन् । विश्वकप फुटसल खेलेका पोखरेली युवा वरदान ताङ्वे लामा, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी भूगोल गुरुङ, दी एज ब्यान्डका जीवन गुरुङलगायतका २५/२६ जना युवाहरुको समूहले पोखराका १४० जनालाई राहत वितरण गरेका हुन् । उनीहरुले पोखरा–१० तथा आसपासका क्षेत्रमा बस्दै आएका अतिविपन्न, अपांग तथा असक्तहरुलाई १५ केजी चामल, तेल, दाल, नुन, साबुनलगायतका सामग्री वितरण गरे ।

आफूहरुले करीब ३ लाख बराबरको राहत सामग्री वितरण गरेको राहत वितरणका अभियन्ता वरदान ताङ्वे लामाले जानकारी दिए ।

Advertisement

राहतका लागि वेलायत बस्दै आएका पोखरेली नरबहादुर गुरुङले १ लाख भन्दा बढी सहयोग गरेको उनले बताए । अन्य रकम भने आफूहरुले कसैले ५ हजार त कसैले १० हजार संकलन गरेर राहत वितरण गरेको उनले बताए । १ सय ८ जना वडाले सिफारिस गरेको हो,‘ताङ्वेले भने, ‘वडाले सिफारिस गरेर छुटेका ३२ जनालाई पनि हामीले थपेर राहत वितरण गरेका हौं ।’ आर्थिक स्थिति नाजुक भएकाहरुलाई वडाले राहतका लागि छुटाएकाले आफूहरुले आफैले बोलाएर राहत दिएको उनले बताए ।

लकडाउन खुकुलो भएपछि कसैले पनि राहत वितरण नगर्दा कमजोर आर्थिक अवस्था भएकाहरुलाई साँझ विहान हातमुख जोर्न समस्या देखेकाले राहत वितरण गरेको युवाहरुले बताएका छन् । लकडाउनका समयमा धेरैले राहत वितरण गरे,‘ताङ्वेले भने,‘तर लकडाउनपछि नत सरकारले हे¥यो, नत अन्य कसैले राहत वितरण गरे, त्यसैले कोरोना र लकडाउनका कारण दैनिक गुजारा गर्न नसक्नेहरुलाई हामीले सक्दो सहयोग गरेका हौं ।’

Advertisement

तपाईको प्रतिक्रिया