मुलुकभर ४ सय ६३ संक्रमित थपिए

समाधान संवाददाता २०७७ असार १४ गते १६:५५

पोखरा


नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय ५ महिला र ३ सय ५८ जना पुरुषमा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हालसम्म ३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर ६१ हजार ७ सय ३१ जना क्वारेन्टिनमा र ९ हजार ७ सय ३१ जना आइसोलेसनमा छन् । नेपालका ७७ वटै जिल्लामा फैलिएको कोरोनाबाट २८ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

गण्डकी प्रदेशमा ८ सय ९५ जनामा कोरोना पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया