प्रशिक्षक विद्या मर्सानी सेवा निवृत्त

समाधान संवाददाता
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक एवं बरिष्ठ बक्सिङ प्रशिक्षक विद्या मर्सानी सेवा निवृत्त भएका छन् ।
२०४२ सालमा बक्सिङ खेलको प्रशिक्षकको रुपमा खेलकुद विकास समितिमा प्रवेश गरेका मर्सानीले ३५ बर्ष खेलकुदको विकासमा समर्पित गरे । उनले उमेरका कारण अनिवार्य अवकास पाएका हुन् ।
क्षेत्रीय खेलकुद विकास समिति पोखराले आइतबार प्रशिक्षक मर्सानीको सम्मानमा विदाई कार्यक्रम आयोजना गर्यो । सो कार्यक्रममा बोल्दै मर्सानीले जीवनको पुरै आधा समय खेलकुद मै समर्पित गरेको स्मरण गरे ।
उनले सेवानिवृत भएपनि खेलकुदबाट टाढा रहन नसक्ने बताए । ‘पोखरा रंगशालाको ढुङ्गामाटोले पनि मलाई चिनेको छ जस्तो लाग्छ । खेलकुद र पोखरा रंगशालाको विकासमा सक्दो सहयोग गरिहनेछु ।’ उनले भने ।
विदाई समारोहमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले विद्या गुरुले नै आफुलाई खेल क्षेत्रमा प्रवेश गराएका बताए । गुरुङ बक्सिङका खेलाडी थिए । विद्याकै प्रशिक्षणमा उनले विभिन्न प्रतियोगितिामा भाग लिएको स्मरण गरे ।
उनले विद्या गुरुको योगदान खेल क्षेत्रले कहिले भुल्न नसक्ने बताउदै आगामी दिनमा पनि गुरुको सल्लाह र सुझावबाटै खेलकुद गतिविधि सञ्चालन गरिने बताए ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया