राष्ट्रपति र प्रधानमन्त्री माथि अश्लिल टिप्पणी गर्ने बास्तोला कांग्रेसबाट निस्कासित

समाधान संवाददाता २०७७ असार १५ गते १३:२५

समाधान संवाददाता

राष्ट्रपति र प्रधानमन्त्री माथि सामाजिक सञ्जालमा अश्लिल टिप्पणी गर्ने कास्की पुरञ्चौरका दुर्तादत्त बास्तोला पटक पटक अनुशासनहिन काम गरेको भन्दै नेपाली कांग्रेसले कारवाही गरिसकेको व्यक्ती भएको थाहा भएको छ ।

नेपाली कांग्रेसका सकृय सदस्य तथा स्थानीय तहका नेता समेत रहेका उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि जिल्ला कार्य समितिमा सिफारिस भैसकेको नेपाली कांग्रेस कास्की निर्बाचन क्षेत्र नम्बर ३ का सभापति पोषनाथ शर्माले जानकारी दिए ।

Advertisement

उनी साविकको पुरञ्चौर गाउ विकास समितिका कांग्रेसका सभापति थिए भने महानगरको वडा नम्बर १९ भैसकेपछि उपसभापतिको जिम्मेबारी पाएका थिए । गत स्थानीय निर्बाचनमा पोखरा महानगरपालिकाको वडन नम्बर १९ मा नेपाली कांग्रेसको तर्फबाट उमेद्वार बनेका उनी पराजित भएका थिए ।

‘पटक पटक अनुशासनहिन काम गरेकाले साधारण सदस्य समेत नरहनेगरी कारवाही गर्न स्थानीय तहबाटै सिफारिस भैआएको छ ।’ क्षेत्रीय सभापति शर्माले भने–‘अहिले उनी नेपाली कांग्रेस होइनन्, अनुशासनहिन काम गर्ने मान्छे कांग्रेस हुन सक्दैन ।’

Advertisement

उनले नेपाली कांग्रेस कास्कीका सभापतिकै अपमान गरेका कारण साधारण सदस्य समेत रहनेगरी कारवाही गर्न सिफारिस गरिएको कांग्रेस श्रोतले जानकारी दियो । पुरञ्चारै मै नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा कास्की कांग्रेसका सपभाति कृष्ण केसी प्रमुख अतिथि थिए । त्यो कार्यक्रम बास्तोलाले विथोल्ने प्रयास गरेका थिए ।

म हुँदा हुँदै किन अरुलाई प्रमुख अतिथि बनाएको भन्दै मञ्च भत्काइदिनुका साथै सभापति केसीलाई तथानाम गाली गरेका थिए । त्यसैकारण उनलाई साधारण सदस्य पनि नरहनेगरी कारवाही गर्न सिफारिस गरिएको कांग्रेस श्रोतले जानकारी दियो ।

पछिल्लो समयमा बास्तोलाले सामाजिक सञ्जालमा देशका राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध पटक पटक अश्लिल शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा गरेका केही पोष्टका स्क्रिन सटहरु समाधानलाई प्राप्त भएका छन् ।

ती पोष्टमा लेखिएका शब्द यति अश्लिल र अभद्र छन् की ती पोष्टहरु हामीले जस्ताको तस्तै प्रकाशन गर्न असमर्थ भएका छौं । फोटोमा राखिएका स्क्रिन सटमा रहेका अत्यन्तै आपत्तिजनक शब्दहरुलाई ब्लर गरेर प्रकाशन गरिएको छ ।

उनले लेखेका पोष्टका बारेमा जिल्ला प्रहरी कार्यालय कास्की पनि जानकार छ । यद्यपी अहिलेसम्म कुनै कानुनी कारवाही शुरु गरेको छैन ।

उनले लेखेको स्टाटसमा समर्थन गर्नेहरुको भन्दा उनलाई यस्तो नलेख्न सुझाव दिनेहरु धेरैछन् । कतिपयले उनलाई आफुना चेलीबेटीलाई यिनले कस्तो व्यवहार गर्छन् होला भनेर समेत प्रश्न गरेका छन् ।

तपाईको प्रतिक्रिया