राष्ट्रपति र प्रधानमन्त्रीमाथि अश्लिल टिप्पणी गर्ने बास्तोला पक्राउ

समाधान संवाददाता, पोखरा
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सामाजिक सञ्जालमा अश्लिल टिप्पणी गर्ने कास्की पुरञ्चौरका दुर्तादत्त बास्तोला पक्राउ परेका छन् ।
बास्तोलालाई पक्राउ गरि कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
बास्तोलालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीको टोली सोमबार अपरान्ह पुरञ्चौर स्थित उनकै निवासमा गएको थियो । उनलाई विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अन्तर्गत मुद्दा दर्ता भएको छ ।
पोखराका तीन युवा शिवप्रसाद अधिकारी, सम्पन्न श्रेष्ठ र सुष्मी श्रेष्ठले सम्माननीय व्यक्तिहरु माथि ज्यादै निच शब्द र कल्पनै गर्न नसकिने घृणाजन्य टिप्पणी सामाजिक सञ्जालमा गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई साइबर क्राइम गरेको अभियोगमा मुद्दा दर्ता भएको हो ।
नेपाली कांग्रेस सकृय कार्यकर्ता तथा स्थानीय नेता समेत रहेका बास्तोलाले पटकपटक अनुशासनहीन काम गरेको भन्दै नेपाली कांग्रेसले समेत पार्टीबाट निस्कासन गर्न सिफारिस गरिसकेको छ ।
नेपाली कांग्रेसका सकृय सदस्य तथा स्थानीय तहका नेता समेत रहेका उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि जिल्ला कार्य समितिमा सिफारिस भैसकेको नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर ३ का सभापति पोषनाथ शर्माले जानकारी दिए ।
उनी साविकको पुरञ्चौर गाउँ विकास समितिका कांग्रेसका सभापति थिए भने महानगरको वडा नम्बर १९ भइसकेपछि उपसभापतिको जिम्मेवारी पाएका थिए । गत स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको वडा नम्बर १९ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य उम्मेद्वार बनेका उनी पराजित भएका थिए ।
‘पटक पटक अनुशासनहीन काम गरेकाले साधारण सदस्य समेत नरहनेगरी कारवाही गर्न स्थानीय तहबाटै सिफारिस भइआएको छ,’ क्षेत्रीय सभापति शर्माले भने, ‘अहिले उनी नेपाली कांग्रेस होइनन्, अनुशासनहीन काम गर्ने मान्छे कांग्रेस हुन सक्दैन ।’
उनले नेपाली कांग्रेस कास्कीका सभापतिकै अपमान गरेका कारण साधारण सदस्य समेत रहनेगरी कारवाही गर्न सिफारिस गरिएको कांग्रेस स्रोतले जानकारी दियो । पुरञ्चौरमै नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा कास्की कांग्रेसका सभापति कृष्ण केसी प्रमुख अतिथि थिए । त्यो कार्यक्रम बास्तोलाले बिथोल्ने प्रयास गरेका थिए ।
म हुँदा हुँदै किन अरुलाई प्रमुख अतिथि बनाएको भन्दै मञ्च भत्काइदिनुका साथै सभापति केसीलाई तथानाम गाली गरेका थिए । त्यसैकारण उनलाई साधारण सदस्य पनि नरहने गरी कारवाही गर्न सिफारिस गरिएको कांग्रेस स्रोतले जानकारी दियो ।
पछिल्लो समयमा बास्तोलाले सामाजिक सञ्जालमा देशका राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध पटकपटक अश्लिल शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा गरेका केही पोष्टका स्क्रिन सटहरु समाधानलाई प्राप्त भएका छन् ।










टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया