कोठा भाडामा लिएर जुवाखाल, इन्द्रचोकबाट ३ महिलासहित १० जना पक्राउ

समाधान संवाददाता, पोखरा
पोखरा १० इन्द्रचोकस्थित डेराकोठामा बस्ने १ व्यक्तिले सञ्चालन गरेको जुवाखालबाट कास्की प्रहरीले ३ महिलासहित १० जनालाई पक्राउ गरेको छ ।
घटनास्थलबाट १० हजार ७ सय रुपैयाँ र ४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
साँझ ५ बजे दिलबहादुर केसीको घरमा डेरामा बस्ने स्याङ्जा भिरकोट ७ का ५७ वर्षीय खड्कबहादुर पुनको कोठामा प्रहरीले छापा मारेको हो ।
पक्राउ पर्नेमा डेरावाल पुन सहित ३१ वर्षीय सोभित गुरुङ, १८ वर्षीय दीपेश गुरुङ, ५५ वर्षीय दीपक गुरुङ, ५१ वर्षीय भिम गुरुङ, ५१ वर्षीय गणेश गुरुङ, ५२ वर्षीय प्रेमबहादुर गुरुङ छन् भने, महिलाहरुमा २२ वर्षीय सम्झना गुरुङ, ५७ वर्षीय आइतीमाया गुरुङ र ४२ वर्षीय छिरिङ लामा छन् ।
उनीहरु सबैलाई हिरासतमा राखी जुवातास सम्बन्धी मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया