चाउथेबाट ६ जुवाडे पक्राउ, १ लाख १० हजार बरामद
समाधान संवाददाता
२०७७ असार २० गते २१:३२

समाधान संवाददाता, पोखरा
पोखरा १४ चाउथेबाट ६ जुवाडेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
अनुपम टोलस्थित ५५ वर्षीय भिमबहादुर तिमिल्सिनाको घरमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार वडा प्रहरी बगरको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।
जुवाखालबाट प्रहरीले १ लाख १० हजार ९ सय २५ रुपैयाँ र ४ बुक तास बरामद गरेको छ ।
पक्राउ पर्नेमा घरधनी भिमबहादुर तिमिल्सना, ३५ वर्षीय आकाश अधिकारी, ४९ विजय गुरुङ, ३० वर्षीय रुपनारायण पुन, ३० वर्षीय भिमबहादुर मगर र ५२ वर्षीय रवीन्द्रकुमार गुरुङ छन् ।
उनीहरु विरुद्ध जुवातास सम्बन्धी मुद्दामा म्याद थप गरी कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया