नेकपा स्थायी कमिटी फेरि स्थगित, २४ गते बस्ने

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज सोमबार २२ गतेका लागि डाकिएको बैठक स्थगित भएको हो ।
’दुई अध्यक्षबीच विवाद भएपछि हामीले अझै छलफल गर्नुपर्छ भनेर बैठक स्थगित भयो ,’ स्रोतले भन्यो । २४ गते बस्ने गरी बैठक स्थगित भएको हो ।
दुई अध्यक्षको बैठक सकारात्मक भए मात्र स्थायी कमिटी बस्ने एक नेताले बताए ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आइतबारको भेटमा आआफ्नो अडान यथावत् राखेका छन्।
पार्टीमा विवाद चर्किरहेका बेला नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।
आइतबार साँझ नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ उनकै निवास कोटेश्वर पुगेकी थिइन् । नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया