शिक्षक हुन विषयगत लाइसेन्स अनिवार्य

काठमाडाैं, समाधान संवादाता
विद्यालय तहको शिक्षक हुनका लागि अब अनिवार्य रूपमा विषयगत शिक्षण अनुमति पत्र ९लाइसेन्स० हुनुपर्ने भएको छ।
शिक्षक सेवा आयोगले यसअघि तहगत रूपमा लिँदै आएको लाइसेन्स परीक्षालाई सुधार गरी विषयगत परीक्षा लिन लागेको हो । विषयगत लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने मात्रै शिक्षक बन्न योग्य हुने आयोगले जनाएको छ । विद्यालय शिक्षाको गुणस्तर उकास्न र विषयगत विज्ञता भएका शिक्षक भर्ना गर्न आयोगले परीक्षाको तयारी गरेको हो ।
फागुनभित्रै विषयगत लाइसेन्स परीक्षा गर्ने गरी तयारी गरेको आयोगका सहसचिव डाक्टर तुलसीप्रसाद थपलियाले बताए । ‘आफूले जुन विषय पढाउने हो त्यहीअनुसार परीक्षा दिएर लाइसेन्स लिनुपर्छ,’ थपलियाले सेतोपाटीसँग भने, ‘यसअघि तहगत रूपमा लिएको लाइसेन्स परीक्षा अबदेखि विषयगत बनाइएको छ।”
विषयगत रूपमा लाइसेन्स परीक्षा हुने भएकोले पाठ्यक्रम आयोगको वेबसाइटमा राखिसकेको उनले बताए । ‘परीक्षाको तयारी गरे हुन्छ। स्वीकृत पाठ्यक्रम वेबसाइटमा छ,’उनले भने, ‘छिट्टै विज्ञापन खुलाउँछौं।’
पढाइरहेका शिक्षक र शिक्षाशास्त्र संकाय पढेका विद्यार्थीले लाइसेन्स परीक्षामा भाग लिन पाउँछन् । प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहका लागि विषयगत परीक्षा हुने आयोगको तयारी छ।’तहगत लाइसेन्स परीक्षाले शिक्षकको विज्ञता र क्षमता कुन विषयमा हो यकिन भएन,’ उनले भने, ‘गणित पढाउने र नेपाली पढाउनेलाई सोध्ने प्रश्न पनि एकै प्रकृतिको थियो। अब विषयगत प्रश्न नै सोध्ने र उत्तीर्ण हुनेलाई मात्र लाइसेन्स दिन्छौं।’
तहगत परीक्षा लिँदा प्रश्नपत्र बनाउनसमेत झन्झट भएको उनले बताए । ‘विषयगत ज्ञान मापन गर्न विषयगत परीक्षा नै उपर्युक्त हुने आयोगको निर्णय हो,’ उनले भने।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया