पहिरोमा परेर म्याग्दीमा २२ जना बेपत्ता
समाधान संवाददाता
२०७७ असार २६ गते १०:३१

राकेश शर्मा
म्याग्दी
अविरल वर्षाका कारण म्याग्दीमा हालसम्म २२ जना बेपत्ता भएका छन् । एक जनालाई खोलाले बगाएको छ ।
बेपत्ता हुनेहरुमा पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाको मराङमा १२ जना छन् । त्यहाँ ४ वटा घर पूर्ण रुपमा क्षति पुगेको खबर छ । धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा बेपत्ता भएका छन् ।
त्यस्तै मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । उनका अनुसार मराङमा पनि ठूलो क्षति भएको खबर स्थानीयबासीले खबर गरे पनि प्रहरी घटना स्थलमा पुग्दै छन् ।
त्यस्तै मालिका गाउँपालिकाको ६ दुखुकी ३८ बर्षीय एक महिलालाई दुखु खोला पार गर्ने बेलामा खोलाले बगाएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।
सम्बन्धित









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया