अमिताभ र अभिषेकलाई कोरोना संक्रमण, ऐश्वर्या र जयालाई छैन

एजेन्सी
बलिउडमा बिग बीको उपनामले परिचित अभिनेता अमिताभ बच्चन र उनका छोरा एवं अभिनेता अभिषेख बच्चनलाई कोरोना संक्रमण भएको छ।
महानायक अमिताभले आफैले ट्विट गरेर कोरोना भाइरस संक्रमित भएको पुष्टी गरेका छन् भने महाराष्ट्रका गृहमन्त्री अशोक चब्हाणले अभिताभका छोरा अभिषेक बच्चन पनि कोरोना भाइरस संक्रमित भएको जानकारी दिएका छन् ।
बच्चन बाबु छोरा कोरोना संक्रमित भए पनि अभिषेक पत्नी ऐश्वर्या राय र अभिनाभ पत्नी जया बच्चनको कोरोना परिक्षण भने नेगेटिभ आएको छ । उनकी नातिनीको परिक्षण नतिजा भने आइसकेको छैन ।
अमिताभले ट्विट मार्फत भनेका छन्– ‘मेरो कोभिड(१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ।’
अभिताभले आफ्नो ट्वीटमा यो पनि भनेका छन्– पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला।
भारतीय एजेन्सीका अनुसार उनीहरु दुवै जनालाई मुम्बई स्थित नानावती अस्पतालमा भर्ना गरिएको छ । अमिताभ बच्चनलाई सामान्य ज्वरो आएको छ । उनीहरु दुवै जना शनिबार राती १० बजे अस्पताल गएका थिए ।
७७ वर्षीय अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएको खबरसँगै राजनेता, बलिउडका कलाकारहरू र प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
उनका समर्थक नानावती अस्पतालको परिसरमा जम्मा हुन थालेका छन् । त महाराष्ट्र सरकारले नानावती अस्पताल कोभिड–१९ अस्पताल भएकाले अस्पतालमा भिड नगर्न आग्रह गरेको छ । माहाराष्ट्रको स्वास्थ्य मन्त्रालयले हरेक दिन मेडिकल बुलृटिन जारी गर्ने बताएको छ ।
अस्पताल श्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले अभिताभको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनको अक्सिजन लेभल ९५ छ । यसैबीच बच्चन परिवारको जलसा नामक बंगला पुरै स्यानेटाइज गरिदैछ ।







पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया