पोखराका लेखक पौडेल भन्छन्ः प्रधानमन्त्रीले भनेजस्तै अयोध्या नेपालमै पर्छ

समाधान संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थान अयोध्या नेपालमा पर्ने दाबी गर्दा त्यसको आलोचना भइरहेको छ ।
भारतले नक्कली अयोध्या खडा गरेको समेत प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ, मिचिएका छौँ, तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले भारतका राजकुमार रामलाई सीता दियौँ,’ मदन भण्डारी कला साहित्य प्रतिष्ठानले भानु जयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, तर, भारतलाई होइन, अयोध्यालाई दियौँ । अयोध्या भनेको वीरगन्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो ।’
प्रधानमन्त्रीले त्यस्तो बताइरहँदा अत्यधिक आलोचनाको तारो बन्नुपरे पनि पोखराका एकजना लेखक भने भारतमा दाबी गरिएको अध्योयाबारे शंका जताउँछन् । उनको भनाइ पनि अयोध्या नेपालकै ठोरी क्षेत्रतिर हुनुपर्छ, तर यसबारे अनुसन्धान गरिनुपर्छ भन्ने उनको भनाइ छ । यस्तो भनाइ राख्ने लेखक हुन् लोकमणि पौडेल ।
पोखरा २५ हेमजाका स्थायी बासिन्दा पौडेलका उपन्यास र व्याकरण सम्बन्धी पुस्तक प्रकाशित छन् । अचेल काठमाडांै बस्ने उनी अध्ययन र अनुसन्धानमा पनि सक्रिय छन् । भगवान रामको जन्मभूमिका बारेमा पनि आफूले अध्ययन अनुसन्धान गरेको उनी बताउँछन् ।
‘भारतमा अयोध्या भनिएको ठाउँको नाम पहिलादेखि नै अध्योया थिएन, पछि अयोध्या भनिएको रहेछ,’ उनी भन्छन् । सीताको जन्मभूमिको नाम सुरुदेखि नै जनकपुर भएजस्तै रामको जन्मभूमिको नाम सुरुदेखि नै अयोध्या नरहेकोबाट उनले शंका उब्जाए । भारतका इतिहास र पुरातत्वविद्ले पनि भारतले अध्योया भनेको ठाउँको नाम सुरुबाटै अयोध्या नरहेको पौडेलले सुनेका छन् ।
प्रधानमन्त्री ओलीले गरेको दाबी जस्तै लेखक पौडेलले आफ्नो अनुसन्धानकाे निष्कर्ष समाधानलाई सुनाए, ‘अयोध्या भारतमा नभएर नेपालको पर्साको ठोरी नजिकै चितवनको माडीमा हो ।’ ठोरी नजिकै चितवनको साविक अयोध्यापुरी गाविसमा आफूले अध्ययन र अनुसन्धान गरेको उनी सुनाउँछन् । तर यसबारे थप र विस्तृत तथा वैज्ञानिक अनुसन्धान होओस् भन्ने पौडेल चाहन्छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले ठोरीमा थप अनुसन्धान गर्न बल पुगेको उनी बताउँछन् ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया