हिजै सरुवा भएका थिए एसएसपी अधिकारी

समाधान संवाददाता, पोखरा
बलात्कार आरोपमा बुधबार पोखराबाट पक्राउ परेका शसस्त्र प्रहरीका एसएसपी राजेन्द्रकुमार अधिकारी हिजो (मंगलबार) सरुवा भएका थिए ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराबाट सरुवा गरी प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग तानिएको छ ।
मंगलबार मात्र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले उनी सहित १७ एसएसपीको सरुवा सूची सार्वजनिक गरेको थियो । उनको ठाउँमा एसएसपी विदुर खड्कालाई जिम्मेवारी तोकिएको छ । खड्का प्रधान कार्यालय मातहतको मानव श्रोत कार्यरत थिए ।
एसएसपी अधिकारी सहितको सरुवाको सूची सार्वजनिक भइसकेर पोखरा छाड्ने तयारीमै थिए । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जारी गरेको सूचना मुताबिक उनलाई साउन १ गते अर्थात् भोलि (बिहीबार) खटाइएको ठाउँमा हाजिर हुन निर्देशन थियो ।
तर एसएसपी अधिकारीले पोखरा छाड्दै गर्दा उनको कर्तुत बाहिरिएको छ । उनी विरुद्ध बलात्कारको आरोप लागेको छ । उनलाई बुधबार दिउँसो कास्की प्रहरीले लामापाटनस्थित उनकै कार्यालय परिसरबाट पक्राउ गरेको हो ।
चितवनकी २७ वर्षीया १ महिलाले अधिकारी विरुद्ध बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा मौखिक उजुरी दिएकी थिइन् ।
तत्कालै प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको थियो । उनलाई पोखरा १४ स्थित शिक्षालयबाटै पक्राउ गरिएको कास्की प्रहरी प्रमुख तथा एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
ती युवतीलाई एसएसपी अधिकारीले खाना खाने निम्तो दिएर लामापाटनस्थित आफ्नो क्वाटरमा बोलाएका थिए । खानपिन गर्ने क्रममा आफूलाई लठ्याउने औषधी खुलाएर जबरजस्ती करणी गरेको प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा युवतीले बताएकी छन् ।
एसएसपी अधिकारीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठ आफैं गएका थिए । सशस्त्र प्रहरीका प्रदेश डिआइजी कविन्द्रमान श्रेष्ठ समेत घटनास्थलमा पुगेर फर्किएका छन् ।
सम्बन्धित खबरहरु








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया