कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरो जाँदा एकै परिवारका ३ को मृत्यु
समाधान संवाददाता
२०७७ साउन २ गते ८:२७

समाधान संवाददाता, पोखरा
कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित खोराकोमुखमा पहिरो जाँदा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेमराज विकको घरमाथि पहिरो खस्दा घरको १ कोठा पहिरोले च्यापेको कास्की प्रहरीले जनाएको छ ।
पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । तिनै जना प्रेमराज विकका नातीनातिना रहेको उनले बताए ।
घरमा ६ जना सुतिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । बाँकी ३ जना शकुसल रहेको प्रवक्ता हमालले बताए ।
घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकाली सकेको छ ।
कास्कीका सिडिओ ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थलतर्फ जाँदै छन् ।
सम्बन्धित









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया