रजिस्ट्रार पौडेल प्रशासकीय अदालतमा

पाेखरा
उच्च अदालत पोखराका रजिस्ट्रार कृष्णप्रसाद पौडेल प्रशासकीय अदालतको सदस्यमा नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासकीय अदालतको अध्यक्षमा पूर्वसचिव डिल्लीराज घिमिरे, सदस्यमा रजिस्ट्रार पौडेल र अधिवक्ता रीता मैनालीलाई नियुक्त गरेको हो । अध्यक्ष र सदस्यको पदावधि ५ वर्षको हुन्छ । अध्यक्षको मर्यादाक्रम उच्च अदालतको मुख्य न्यायाधीश र सदस्यको उच्च अदालतको न्यायाधीश सरह हुने प्रावधान छ ।
पौडेलले प्रशासकीय अदालतको सदस्य नियक्त हुनुअघि रजिस्ट्रार पदबाट दिएको राजीनामा स्वीकृत भइसकेको छ । पौडेल उमेरहदका कारण यही वर्ष अवकाश पाउँदै थिए । झापाकी मैनाली स्कुल अफ ल मा आबद्ध छन् ।
यसअघि प्रशासकीय अदालतको अध्यक्षमा काशिराज दाहाल थिए भने सदस्यमा कुमार योञ्जन तामाङ र ङइन्द्रप्रसाद उपाध्याय थिए ।
अघिल्लोपटक जनजातिलाई समेटेर समानुपातिक बनाइएको थियो भने यसपटक महिलाको प्रतिनिधित्व गराइएको छ । निजामती कर्मचारीहरुको विभागीय कारवाही उपर पुनरावेदन सुन्ने उद्देश्यले प्रशासकीय अदालत २०४४ सालमा स्थापना गरिएको हो ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया