चीनकाे आदेशपछि चेङ्दु छाेड्दै अमेरिका

चेङ्दु, चीन, ११ साउन (रासस–एएफपी)
चीनको चेङ्दु शहरमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारहरुले अमेरिकी प्रतीक चिन्हहरु शनिबार हटाएका छन् ।
बेइजिङले चेङ्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएलगत्तै भोलिपल्ट अर्थात शनिबार दूतावासबाट ती सामान हटाउन थालिएको हो ।
अमेरिकाको ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास हटाउन अमेरिकी प्रशासनले आदेश दिएलगत्तै त्यसको बदलामा चीनले पनि चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास बन्द गर्न आदेश दिएको थियो ।
दुबै मुलुकले वाणिज्यदूतावास मार्फत एकअर्का विरुद्ध जासुसी गरेको र राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको आरोप लगाउँदै आएका छन् ।
चेङ्दुको अमेरिकी वाणिज्यदूतावास कहिले बन्द हुन्छ भन्नेबारेमा अझै स्पष्ट भइसकेको छैन, तर वाणिज्यदूतावासमा राखिएका प्रतीक, निशान हटाउन थालिएको एएफपीका स्थानीय समाचारदाताले बताएका छन् । अहिले त्यहाँ अमेरिकी झण्डामात्र फर्फराएको देख्न सकिन्छ ।
शनिबार अपराह्न तीन वटा ट्रक वाणिज्यदूतावास परिसरमा प्रवेश गरेका थिए । भवनबाट ठुल्ठूला प्लास्टिक ब्यागमा सामानहरु बिहानैपख फालिएका थिए । फुटेका प्लास्टिक ब्यागभित्र कागजातहरु देखिएको एएफपीका समाचारदाताले जनाएका छन् ।
बेइजिङले चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास बन्द गर्नु चीनका लागि बैधानिक र अत्यावश्यक कार्य रहेको प्रतिक्रिया दिइसकेको छ । बेइजिङले चेङ्दुस्थित कुटनीतिक नियोगले चीनको राष्ट्रिय सुरक्षा र सरोकारमाथि खतरा उत्पन्न गराएको आरोप लगाएको छ ।
उता, अमेरिकी अधिकारीहरुले पनि ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावासका गतिविधि शंकास्पद रहेको आरोप लगाएका छन् । ह्युस्टन नियोगले अमेरिकी कर्पोरेट गोपनीयताका साथै स्वास्थ्य र वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित सूचनाहरु चोरी गरेको दाबी गरेको छ ।
अमेरिकाले ह्युस्टन नियोग ७२ घण्टाभित्र छाड्न आदेश दिएसँगै शुक्रबारभित्र नियोगको कार्यालय बन्द भएको छ भने त्यहाँबाट सबै कर्मचारीले कार्यालय छाडेका छन् ।
बेइजिङले अमेरिकी गुप्तचर निकायका व्यक्तिहरु ह्युस्टन नियोगभित्र जबर्जस्ती प्रवेश गरेको बताएको छ । चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ह्युस्टन नियोग अन्तर्राष्ट्रिय कानुन बमोजिम स्थापना भएको र यो चिनियाँ सम्पत्ति रहेको उल्लेख छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया