नेवि संघको अनसनमा पार्टीको ऐक्यवद्धता

पोखरा
पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसनमा कास्की कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।
विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्तिको माग गर्दै विगत ४ दिनदेखि विद्यार्थी नेता अनसन बसिरहेका छन् ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेका नेताहरुले आन्दोलनप्रति ऐक्यवद्धता जनाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । नेताहरु विश्वविद्यालय पुग्दा राजीव भण्डारी, फिरोज सुवेदी र दीपेन्द्र गौतम अनसनमा सहभागी थिए ।
विश्वविद्यालयमा १० महिनादेखि उपकुलपति र रजिस्ट्रार नियुक्त नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको विद्यार्थीहरुले बताएका छन् ।
अनसनप्रति एक्यवद्वता जनाउँदै कास्की कांग्रेसका सभापति कृष्ण केसीले विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न आग्रह गरे । उनले विद्यार्थीको मागप्रति बेवास्ता गरे अवस्था गम्भिर आउन सक्ने चेतावनी दिए ।
पूर्वमन्त्री यज्ञबहादुर थापाले सरकारले गर्नुपर्ने सामान्य काम पनि नगरेको बताए । उनले तत्काल विद्यार्थीको माग सम्वोधन गर्न आग्रह गरे ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया