प्रमुख सचिव नेपालद्वारा पदबहाली

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश प्रमुख सचिव विष्णुप्रसाद नेपालले सोमबार पदवहाली गरेका छन् । प्रमुख सचिव हरिप्रसाद बस्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएपछि नेपाल जिम्मेवारीमा आएका हुन् ।
पदबहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रदेशको हित हुने गरी संघीयता कार्यान्वयनको प्रक्रियालाई थप मजबुत बनाउँदै लैजाने बताए । ‘उनले भने, पोखरा मेरा लागि नयाँ होइन नयाँ भूमिकामा आएको छु, प्रदेशका कर्मचारीको प्रमुख भएकाले त्यही अनुसारको समन्वय गरेर अगाडि बढ्छु ।’
नेपाल सरकारको सचिवमा बढुवा भएपछि सरकारले उनलाई गण्डकी प्रदेशमा बहाली हुने गरी निर्णय गरेको थियो ।
स्याङ्जा स्थायी घर भएका नेपाल हालैमात्र निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा भएका हुन् । लामो समय अर्थमन्त्रालय र मातहतका विभाग र कार्यालयको अनुभव सम्हालेका उनी कर प्रशासन विज्ञ हुन् ।
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव भइसकेका उनीसँग प्रदेश सरकार सञ्चालनको अनुभव पनि छ ।
उनी नेपाल गण्डकी सरकारको पाँचौं प्रमुख सचिव हुन् । अहिले सरुवा भएका प्रमुख सचिव बस्यालभन्दा अगाडि ३ जना उक्त पदमा रहिसकेका छन् ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया