कसरी भएको थियो सचिनको हत्या ?

समाधान संवाददाता २०७५ फागुन १ गते ७:५९

सुरेशराज अधिकारी

लेकसाइडमा पाल्पा स्थायी घर भएका १४ वर्षीय सचिन सिञ्जालीको हत्या गरेको आरोपमा उनका साथी पर्वतका २१ वर्षीय बेनीकाले भनिने कुमार गर्बुजालाई प्रहरीले पक्राउ गरेको छ । सिञ्जालीको हल्लनचोकस्थित निर्माणाधीन घरमा सोमबार बेलुका हत्या भएको थियो । घटनमा संलग्न गर्बुजालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो । गर्बुजाले सिञ्जालीकोे घाँटी, पेट र ढाडको विभिन्न ठाउँमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

गर्बुजा केही समय अघिदेखि सडकमा बस्दै आएका थिए भने सिञ्जाली कहिले परिवारसँग त कहिले सडकमा बस्दै आएका थिए । सोमबार गर्बुजाकी प्रेमिका सुनीता गुरुङ र सिञ्जाली सँगै बसेर अपराह्न ४ बेजेदेखि मादक पदार्थ सेवन गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङ, सिञ्जाली र गर्बुजाले राति १०ः३० बजेसम्म पनि विजिपी रेस्टुरेन्ट अघि पैसा मागेर फेरि मादक पदार्थ सेवन गरेपछि सुनीता घरमा गइन् । गर्बुजा र सिञ्जालीले २ बालकलाई साथमा लिएर फेरि मापसे गरेपछि लेकसाइडको निमार्णाधीन ६ तले घरको तल्लो तलामा सुत्न गएका थिए । सुत्ने ठाउँमा पुगेर २ बालकलाई सुताएर गर्बुजा र सिञ्जाली गफ गर्दै मापसे गर्दै थिए । उनीहरु मादक पदार्थ सेवन गर्दै गर्दा २ बालकहरु निदाए । तर सुत्ने बेलामा सुनीता गुरुङको विषयमा गर्बुजा र सिञ्जालीबीच केही भनाभन भएको गर्बुजाले प्रहरीलाई बयान दिएका छन् ।

Advertisement

भनाभन हुँदा पहिले सिञ्जालीले चक्कु निकाली गर्बुजालाई प्रहार गरेको र पछि त्यही चक्कु खोसेर गर्बुजाले सिञ्जालीको घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

सिञ्जालीले प्रहार गरेको चक्कुले गर्बुजाको खुट्टामा लागेपछि सिञ्जालीको हातको चक्कु खोसेर सिञ्जालीको घाँटीमा प्रहार गरेको गर्बुजाले प्रहरीलाई बयान दिएका छन् । गर्बुजाले सिञ्जालीको घाँटीमा रेटेपछि पेट र ढाडमा पनि प्रहार गरेको प्रहरीले बताएको छ । साथीको हत्या गरेपछि सिञ्जालीले हत्यामा प्रयोग गरिएको चक्कु पृथ्वीचोक नजिकै शान्ति वनमा लुकाएर घटनास्थल फर्किएका थिए ।

Advertisement

घटनास्थलमा सिञ्जाली मरेको देखेपछि ट्याक्सी चालकको सहयोगमा प्रहरीलाई साथी मरेको खबर गरेका थिए । गर्बुजा र सिञ्जालीसँगै सुतेका २ बालकलाई प्रहरीले राति नै पक्राउ गरेको थियो । तिनै बालकको बयानका आधारमा सिञ्जालीलाई प्रहरीले मंगलबार बिहान ३ बजे पक्राउ गरेको थियो । प्रहरीका अनुसार गर्बुजा ३ महिना अघिमात्र जेलमुक्त भएका थिए । गर्बुजाले यसअघि घरायसी सामान चोरको आरोपमा १५ महिना जेल सजाय भुक्तान गरेका थिए । गर्बुजाले आफूले नमाग्ने तर आफूभन्दा सानालाई माग्न लगाउने अनि सोही पैसा आफूले प्रयोग गर्ने गर्थे । निर्माणाधीन उक्त भवनमा उनीहरु भित्र पसेको र निस्केको भिडियो सिसी क्यामेरामा कैद भएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया