डेढ सय केन्द्रीय सदस्यले मागे नेकपा केन्द्रीय बैठक

काठमाडौं
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न विवादका क्रममा केन्द्रीय बैठकको माग भएको छ । अध्यक्षद्वयलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गर्दै पत्र बुझाएका छन् ।
पार्टीमा विवाद चर्किदै गएपछि केन्द्रीय समितिको माग गर्दै नेता पार्टी मुख्यालय धुम्बाराही पुगेर पत्र बुझाएका हुन् । धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेर १५२ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई बुझाइएको हो । हस्ताक्षर बुझाउन ठाकुर गैरे, हिमाल शर्मा लगायत केन्द्रीय सदस्य धुम्बाराही पुगेका थिए ।
प्रधानमन्त्री ओली जारी स्थायी समिति बैठक रोकेर महाधिवेशनमा केन्द्रित भएको भन्दै केन्द्रीय सदस्यले आपत्ति जनाएका छन् । नेकपाको विधान अनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरे एक महिनाभित्र बोलाउनुपर्ने हुन्छ । ४४१ केन्द्रीय सदस्यको २५ प्रतिशत ११२ जना हुन्छ ।
नेकपाको विधानको धारा ५९ (४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक १५ दिनभित्र बोलाउनुपर्नेछ ।
४ सय ४१ सदस्यीय केन्द्रीय कमिटमा बैठक बोलाउन १ सय १० जना सदस्यको हस्ताक्षर आवश्यक पर्छ । नेकपाको केन्द्रीय कमिटीको बैठक गत माघ १५ गतेदेखि १९ गतेसम्म बसेको थियो । विधानको धारा ५९ (१) अनुसार केन्द्रीय कमिटीको बैठक ६/६ महिनामा बस्नुपर्नेछ । जारी स्थायी कमिटी बैठक पनि सदस्यहरूले माग गरेरै बोलाइएको हो ।
अध्यादेश प्रकरणपछि वैशाख १० गते स्थायी कमिटीका २० जना सदस्यले बैठक माग गर्दै हस्ताक्षर बुझाएका थिए ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया