भारतमा काेराेना सङ्क्रमितको संख्या १६ लाख नाघ्यो

रासस÷एएनआइ
भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ ।
गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको त्यहाको केद्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३५ हजार ७४७ जना पुगेको छ । सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये दश लाख ५७ हजार ८०६ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ४५ हजार ३१८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।
भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ४५४ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १४ हजार ७२९ व्यक्तिको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५७ हजार ९६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने ३ हजार ८३८ जनाको मृत्यु भएको छ । राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ७४३ जना सङ्क्रमित अवस्थामा रहेका र ३ हजार र ९३६ जनाको मृत्यु भइसेकेको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया