लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट नियुक्त

रासस, काठमाण्डाैं ।
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहनुभएका भट्टलाई बोर्डको प्रमुखमा नियुक्त गरेको हो । बोर्डको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।
बोर्डमा यसअघि राधेश पन्त र महाप्रसाद अधिकारीले प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यसम्पादन गरिसक्नु भएको छ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत रहनुभएका अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनु भएपछि गत चैतदेखि बोर्ड नेतृत्वविहीन रहँदै आएको थियो ।
मन्त्रिपरिषद्का एक सदस्यका अनुसार आगामी चार वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्टलाई नियुक्त गरिएको हो । अर्थमन्त्री डा युवराज खतिवडा संयोजकत्वको समितिले प्रमुख कार्यकारी अधिकृतका लागि भट्टसहित रामकृष्ण खतिवडा र डा सरोज कोइरालाको नाम मन्त्रिपरिषद्मा पेश गरेको थियो ।
बोर्डले वैदेशिक लगानीका ठूला आयोजनाको संयोजन गर्दै आएको छ । बोर्डले संयोजन गरेको कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना हाल निर्माणको क्रममा रहेको छ ।
यस्तै, नेपाली साझेदारसहितको चिनियाँ कम्पनी होङसीले सिमेन्ट उत्पादन गरिरहेको छ । यस्तै चिनियाँ लगानीकै ह्वासिन सिमेन्ट उद्योग समेत हाल निर्माणाधीन अवस्थामा रहेको छ ।
बोर्डले रु छ अर्ब बढी लगानीका आयोजना संयोजन गर्ने नीतिगत व्यवस्था रहेको छ । यस्तै कूल २०० मेगावाट माथिका जलविद्युत् आयोजना समेत बोर्डले नै व्यवस्थापन गर्दै आएको छ ।
सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन, २०७५ ले बोर्डलाई थप शक्तिशाली बनाएको छ । सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेको सन्दर्भमा वैदेशिक लगानी भित्र्याउनका लागि बोर्डको भूमिका थप बढेर गएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया