संघर्षको कथा ‘हामी थ्री सिस्टर्स’

समाधान संवाददाता
पर्यटन क्षेत्रमा लागेका ३ दिदीबहिनी लक्की, डिक्की र निक्कीले आफ्नो संघर्षको कथालाई पुस्तक रुप दिएका छन् । उनीहरुकी आमा लीलामायाको वार्षिक पुण्यतिथिको अवसरमा ‘हामी थ्री सिस्टर्स’ पुस्तक मंगलबार सार्वजनिक भएको हो ।
पर्यटन क्षेत्रमा २५ वर्षदेखि क्रियाशील उनीहरुले पुस्तकमा आफूहरुले भोगका दुःख, मर्म एवं अनुभवलाई प्रस्तुत गरेका छन् । नेपाल नाट्य संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पर्यटन क्षेत्रमा रहेर लेखिएको पुस्तक साहित्यिक संगालोमात्र नभई सबैलाई प्रेरणा दिने खालको भएको बताए । उनले भने, ‘साहित्यको क्षेत्रमा विशेष गरी युवा वर्गमा जीवनमा के गर्ने भन्ने समस्या हुन्छ ? जीवनलाई सार्थक तुल्याउनु नै जीवनको लक्ष्य हो ।’ युवाका लागि प्रेरणाको स्रोत बन्ने यो पुस्तकलाई उनले अंग्रजीमा अनुवाद गर्नसमेत सुझाए ।
कार्यक्रममा ३ दिदीबहिनीलाई २५ वर्षे यात्रामा सहयोग गर्ने अग्रज पर्यटन व्यवसायी नीलकण्ठ शर्मा र नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समितिका सदस्य वासु त्रिपाठीलाई सम्मान गरिएको थियो । निबन्धकार युवराज नयाँघरेले पुस्तक निकै मीठो एवं कलात्मक रहेको बताए ।
लेखक लक्की कार्कीले आमा एउटा शक्तिको स्रोत रहेको बताइन् ।
कार्यक्रममा पर्यटन व्यवसायी नीलकण्ठ शर्र्मा र वासु त्रिपाठी, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष बिमला भण्डारी र साहित्यकार बद्रिविनोद प्रतिकले बोलेका थिए । कार्यक्रमको अध्यक्षता निक्की कार्की, धन्यवाद डिक्की कार्की र सञ्चालन बङ्लादी आमा समूहका अध्यक्ष वीनिता अधिकारीले गरेकी थिइन् ।





लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया