सञ्चयकोष सापटीको ब्याज ‘कनेक्ट आइपिएस’बाटै

काठमाडौं
कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्नसक्ने व्यवस्थाको सुरुआत गरेको छ ।
सञ्चयकर्ताले आफ्नो खाता रहेको जुनसुकै बंैकबाट कनेक्ट आइपिएसमार्फत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम जम्मा गर्न सक्नेछन् । कोषले अनलाइन प्रणालीमार्फत सापटी लिन र तिर्न सक्ने व्यवस्था गरेसँगै कोषका सञ्चयकर्ताले प्रविधिमार्फत कारोवार गर्नसक्ने अवस्था सिर्जना भएको छ ।
यसले विश्वमा फैलिरहेको कोभिड–१९ को संक्रमणको महामारीको विषम परिस्थितिमा समेत कोषको सेवा प्रवाह सहज हुने विश्वास लिइएको प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिए ।
कोषले सुरु गरेको अनलाइन सापटी फिर्ता भुक्तानी प्रणालीमा सञ्चयकर्ताले बैंकमा उपस्थित भएर वा आफू रहेकै स्थानबाट कारोवार गर्नसक्ने व्यवस्था मिलाइएको छ । यसका लागि सञ्चयकर्ताले आफ्नो बैंक खातामा कनेक्ट आइपिएस सुविधा लिएको हुनुपर्ने र कोषको केवाइसी गरेको हुनुपर्नेछ । हाललाई ५ हजारदेखि १० लाखसम्म सापटी तिर्न सक्ने गरी कारोबारको सीमा कायम गरिएको छ ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया