सुकुम्बासी समुदायको विरोध सभा

समाधान संवाददाता
पोखरा ३२ खुदीखोलाका सुकुम्बासी समुदायले विरोध सभा गरेका छन् । अखिल नेपाल सुकुम्बासी संघ पोखरा ३२ द्वारा आयोजित विरोध सभामा पोखरा ३२ ले आफूहरुलाई वेवास्ता गरेको आरोप लगाए । विरोध सभामा अखिल नेपाल सुकुम्बासी संघका जिल्ला अध्यक्ष हर्कमान विकले वडाले न्यायोचित व्यवहार नगरेको आरोप लगाए । उनले सुकुम्बासी समस्या समाधान गर्न वडाले पहल नगरेको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिए ।
अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिव अर्जुन मल्लले सुकुम्बासी बस्ती व्यवस्थापनमा छुट्याएको ३५ लाख रुपैयाँको बजेट वडा कार्यालयले अन्यत्र खर्च गरेको आरोप लगाए । सभामा अखिल नेपाल सुकुम्बासी संघका जिल्ला सचिव ओम पौडेल, विरोध सभाका संयोजक जनबहादुर घले, आराधना टोल विकास संस्था खुदीखोलाका अध्यक्ष भूपेन्द्रराना मास्की मगर, नेकपाका प्रतिनिधि श्रीप्रसाद पन्थी लगायतले बोलेका थिए ।
सभामा पोखरा ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले सुकुम्बासी बस्ती व्यवस्थापनका लागि भनेर आफूले ३५ लाखे बजेट नपाएको बताए । वडाध्यक्ष कार्कीले शीर्षक अनुसार खर्च गरिएकोमा आरोपको अर्थ नभएको बताए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया