पाेखरामा आदिवासी जनजाति दिवस मनाइने

समाधान संवाददाता
पोखरा
पोखरामा २६ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइने भएको छ । कोरोना संक्रमितको संख्या उकालो लागिरहेका बेला आदिवासी जनजाती सम्बद्ध संस्था आउँदो आइतबार औपचारिक कार्यक्रम गरेरै दिवस मनाउने तयारीमा जुटेका हुन् ।
आदिवासीले विगतमा आफ्नो अधिकारका लागि गरेको आन्दोलन र आउँदो कार्यदिशाबारे छलफल गरिने नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष खेम पुनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । नदीपुरस्थित छन्त्याल समाज घरमा हुने कार्यक्रममा ३ वक्ताले प्रस्तुति राख्ने छन् ।
सामाजिक दुरी कायम गरेर कार्यक्रम गरिने आयोजकले जनाएको छ । अध्यक्ष पुनका अनुसार नेपालको संविधानमा आदिवासी जनजातिको स्थान, विगतमा भएका आन्दोलन, आगामी कार्यदिशाबारे प्राडा दिलबहादुर क्षेत्री, राजनीतिक विशलेषक युग पाठक र अधिवक्ता सुरेन्द्र थापा मगर वक्ता रहने छन् ।
आदिवासीहरुले पहिचान सहितको संघीयता स्थापना गर्न नसकेको अध्यक्ष पुनले सुनाए । ‘पहिचान सहितको संघीयता आएको छैन । सरकारी मान्यताको भाषा बनाउन प्रयास ग¥र्यौं तर सकेनौं,’ उनले भने । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषद् र जिल्ला समन्वय परिषद्, कास्कीको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया