पोखरामा कोरोनाबाट मृत्यु

समाधान संवाददाता २०७७ साउन २५ गते ८:२२

समाधान संवाददाता, पाेखरा

Advertisement

कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुष मृत्यु भएको हो । 

मधुमेहका रोगीसमते रहेका उनको गएराति  ११ः३५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताले जानकारी दिएको छ।

पोखरा महानगरपालिका–१९ का संक्रमित साउन १९ गते अस्पतालमा भर्ना भएका थिए । आइसीयूमा उपचाररत अवस्थामा संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार त्यस अस्पतालमा कोभिडबाट मृत्यु हुनेको संख्या यो सँगै ३ जना पुगेको छ । 

Advertisement

तपाईको प्रतिक्रिया