हट्यो बागलुङ कारागारको समस्या

रासस, गलकाेट ।
क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दै आएको बागलुङ जिल्ला कारागारको समस्या समाधान हुने भएको छ ।
जिल्ला कारागारमा छुट्टै महिला बन्दी गृह निर्माण भएपछि लामो समयदेखि झेल्दै आएको कैदीबन्दीको समस्या समाधान हुने भएको हो । अहिले महिला कैदीबन्दी गृह निर्माणसम्पन्न भई हस्तान्तरणको चरणमा छ ।
निकै जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको संरचनाले कैदीबन्दीलाई निकै समस्या भएकाले कारागारको थप क्षमता विस्तारका लागि महिला बन्दी गृह निर्माण गरिएको जिल्ला कारागारले जनाएको छ । महिला बन्दी गृहको काम निर्माणसम्पन्न भई हस्तान्तरणपश्चात् महिला बन्दीलाई स्थानान्तरण गरिनेछ ।
फागुनमा निर्माण शुरु भएको बन्दी गृह हालै मात्र सम्पन्न भएको जिल्ला कारागारका प्रमुख मोहन उपाध्यायले जानकारी दिनुभयो । केन्द्रीय कारागार व्यवस्थापन विभागले गत वर्ष विनियोजन गरेको रु एक करोडमध्ये रु ६७ लाखमा एमाह रक्षा बिल्डर्स प्रालिले ठेक्का सम्झौतामार्फत काम सम्पन्न गरेको हो ।
दुई वर्षअघि बागलुङ, पर्वत र म्याग्दीका कारागार समायोजन गरी बागलुङलाई महिला बन्दी गृह निर्माण गर्ने र अन्य जिल्लामा पुरुष कैदीबन्दी राख्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय केन्द्रीय कारागार व्यवस्थापन विभागमा पठाएपछि भवन निर्माणका लागि बजेट विनियोजन भएर आएको हो । दुई कोठा, दुई शौचालय, दुई स्नानघर र बाहिरी कम्पाउन्ड निर्माण गरिएको हो ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया