घुस सहित पक्राउ परेका असई अखतियार टाेलीलाई छलेर फरार

समाधान संवाददाता, काठमाडाैं
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको महोत्तरीस्थित कार्यालयको टोलीले घूससहित पक्राउ गरेका प्रहरी सहायक निरीक्षक (असई) रामनरेश साह भागेका छन्।
अख्तियारको टोलीले उनलाई १० हजार रूपैयाँ घूस लिएको रकमसहित पक्राउ गरेको थियो। महोत्तरीको औरही प्रहरी चौकीमा कार्यरत साहलाई अख्तियारको नजिकैको नवदुर्गा स:मिलबाट नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रशासन कार्यालयका प्रमुख उमेश कुमार ढकालले अख्तियारको टोलीलाई छलेर भाग्ने असई साहको खोजी कार्य भैरहेको जानकारी दिए।
‘हामीले उनको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएका छौं,’ उनले भने। अख्तियार कार्यालयले भने आफ्नो टोलीलाई छलेर भागेको सूचना आइनसकेको जनाएको छ।
‘अनुसन्धान टोलीले केस सफल भएपछिमात्रै कार्यालयमा सम्पर्क गर्छ, सूचना दिन्छ,’ अख्तियारको बर्दिवास कार्यालयको फोन उठाउने प्रशासनका एक कर्मचारीले भने, ‘हामीलाई त्यस्तो कुनै सूचना छैन।’









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया