गाँजासहित एक पक्राउ
समाधान संवाददाता
२०७७ साउन २६ गते ११:५१

लहान
सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका १० बाट तीन केजी ४०० ग्राम लागुऔषध गाँजासहित सिरहा नगरपालिका १६ निवासी ६० वर्षीय मनै मोचीलाई पक्राउ गरेको हो ।
बोरामा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा शङ्का लागेर जाँच गर्दा लागुऔषध गाँजा बरामद भएपछि मोचीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद थापाले जानकारी दिनुभयो । रासस
सम्बन्धित









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया