कांग्रेसका वडाध्यक्ष भन्छन् : महामारी नियन्त्रणमा चासो पुगेन

समाधान संवाददाता
पोखरा
पोखरा महानगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित ११ वडाध्यक्षहरुले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैरजिम्मेबार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा महामारीका बेला सरकार र पोखरा महानगरपालिकाले विशेष चासो दिन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराइएको छ ।
महामारीका कारण भयावह अवस्था सिर्जना भएको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारको मुख ताक्नु भन्दा आफै सुरक्षित रुपमा रहनुपर्नेमा जोड दिइएको छ ।
विज्ञप्तिमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, कुनै कार्यक्रम नगर्न, भिडभाड नगर्न, व्यापार व्यवसाय गर्दा सेनिटाइजर प्रयोग गरी भौतिक दुरी अपनाउन, साबुन पानीले नियमित हात धुन र मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।
पोखरामा १ सय ४७ जना संक्रमित भरहँदा आइसोलेसन वार्डमा थप बेड व्यवस्था गर्न आग्रह गरिएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया