रुसले बनायो कोरोना भाइरसको भ्याक्सिन, पुटिनकी छोरीलाई दिइयो पहिलो डोज

एजेन्सी
विश्वभर महामारीका रुपमा फलिएको कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाइको रुसले दावी गरेको छ । रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले कोरोना भाइरसको पहिलो भ्याक्सिन रुसले बनाएको घोषणा गरेका छन् ।
अहिलेसम्म औषधी पत्ता लाग्न नसकेको अवस्थामा यो ठुलो उपलब्धी हो । त्यसैले रुसका राष्ट्रपतिले नै खोप पत्ता लागेको जानकारी सार्बजनिक गरेका हुन् ।
राष्ट्रपति पुटिनका अनुसार रुसको स्वास्थ्य मन्त्रालयले यो भ्याक्सिनलाई अनुमती दिइसकेको छ । त्यसैले यसको पहिलो डोज राष्ट्रपति पुटिनकै छोरीलाई लगाइएको छ । यसको जानकारी पनि पुटिनले नै दिएका छन् ।
उनले अब रुसले ठुलो परिणाममा भ्याक्सिन उत्पादन थाल्ने बताएका छन् । रुसमा आम मानिसका लागि आगामी बर्षको जनवरी महिनाबाटै खोप उपलब्ध गराउने प्रतिबद्धता पनि राष्ट्रपति पुटिनले व्यक्त गरेका छन् ।
अहिलेसम्म औषधी पत्ता लाग्न नसकेको यो भाइरसको विरुद्धमा खोप बनाउनका लागि अमेरिका, बेलायत, युरोपियन युनियन, चिन, भारत लगायतका देशका वैज्ञानिकहरु जुटरहेका थिए । तर यसको पहिलो उपलब्धी रुसले हात पारेको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया