पोखराकी दुर्गा भण्डारी प्रेस काउन्सिलको सदस्यमा नियुक्त
समाधान संवाददाता
२०७७ साउन ३२ गते १५:४३

समाधान संवाददाता
पोखराकी पत्रकार एवं कानुन व्यवसायी दुर्गा भण्डारी प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएकी छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भण्डारीलाई प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त गरेका हुन् । मन्त्रालय स्रोतले दिएकाे जानकारी अनुसार काउन्सिलकाे सदस्यमा भण्डारी सहित अर्का पत्रकार दिपक पाण्डे पनि नियुक्त भएका छन् ।
पोखरामा लामो समय पत्रकारिता र पछिल्लो समय कानुन व्यवसायीका रुपमा स्थापित भण्डारी यो क्षेत्रबाट काउन्सिलमा प्रतिनिधित्व गर्ने पहिलो महिला हुन् ।
नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य र प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको सचिव समेत भइसकेकी भण्डारीले विभिन्न पत्रपत्रिकामा आर्टिकल लेख्दै आएकी छन् ।
सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया