अनलाइन कारोबार निःशुल्क बनाउन माग

पोखरा
पोखरा चेम्बर अफ कमर्स कास्कीले बैंकहरुको अनलाइन ट्रान्जेसनलाई निःशुल्क बनाउन माग गरेको छ । संस्थाका अध्यक्ष किसान सुनारले कोरोनाको कहर हुँदाहुँदै पनि साउनपछि बैंकहरुले अनलाइन ट्रान्जेसनमा चार्ज तथा अतिरिक्त शुल्क लिएकोमा असहमति जनाएका छन् ।
पोखरा चेम्बर अफ कमर्स, कास्कीले आइतबार नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई पठाएको ध्यानाकर्षण पत्रमा त्यस्तो कार्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा दुरुत्साहित गर्न खोजेको उल्लेख छ ।
‘सरकारले डिजिटल कारोबारलाई समेत प्रोत्साहन गर्ने नीति लिएको छ । यति हुँदाहुँदै पनि असार महिनासम्म बैंकहरुले अनलाइन ट्रान्जेसनलाई निःशुल्क गरेका थिए,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘कोरोना कहर हुँदाहुँदै बैंकहरुले अनलाइन ट्रान्जेसनमा चार्ज तथा अतिरिक्त शुल्क लिने कामले निजी क्षेत्रलाई झन हतोत्साहित गर्ने काम भएको छ ।’
अध्यक्ष किसान सुनारले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारी तथा सेवाग्राहीमा समेत कोरोना संक्रमण भइरहेको अवस्थामा त्यस्तो कार्यले समाजलाई कोरोना पैmलन सहयोग पुग्ने र स्थिति झन् भयावह हुने दावी गरेका छन् ।
ध्यानाकर्षण पत्रमा कोरोना संक्रमणबाट सुरक्षित कारोबार गर्न बैंक तथा नियमक निकाय नेपाल राष्ट्र बैंकले अनलाइन ट्रान्जेसनलाई प्राथमिकतामा राखी निःशुल्क कारोबार सञ्चालन गर्नको लागि सहयोग गर्न आग्रह गरिएको छ ।
राष्ट्र बैंक, पोखरा शाखा र बैंकर एसोसिएसन नेपालका अध्यक्षलाई बोधार्थ दिइएको ध्यानाकर्षण पत्रमा बैंकहरुको अनलाइन ट्रान्जेसनलाई निःशुल्क बनाउन सहयोग गर्न अनुरोध गरिएको छ ।
कोरोना भाइरसको कारण लगाइएको लकडाउन खुकुलो भएसँगै दैनिक जीवनयापन तथा आर्थिक क्रियाकलाप विस्तारै धिमा गतिमा चलेको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा विभिन्न आर्थिक क्रियाकलापसँग सम्बन्धित सरोकारवाला निजी क्षेत्र, बैंक तथा सरकार मिलेर आर्थिक क्रियाकलापलाई व्यवस्थित र सुरक्षित बनाई पहिलाकै लयमा फर्काउन आग्रह गरिएको छ ।
अध्यक्ष सुनारले हाम्रा दैनिक कारोबारलाई नियमित र व्यवस्थित गर्न डिजिटल माध्यमबाट आर्थिक क्रियाकलाप गर्न जरुरी रहेको र सरकारले डिजिटल कारोबारलाई समेत प्रोत्साहन गर्नै नीति लिएको उल्लेख गरेका छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया