पाेखरामा १५ सहित गण्डकीमा २५ संक्रमित थपिए

समाधान संवाददाता
मंगलबार विहान र साेमबार राती गरेर पाेखरा महानगरपालिकामा १५ जना सहित गण्डकी प्रदेशमा २५ जना नयाँ काेराेना भाइरस सक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार विहान थपिएका ४ जना मध्ये २ जना पाेखरा महानगरपालिका वडा नम्बर ६ का २३ र २८ बर्षिय पुरुष छन् भने २ जना महिलाकाे ढेगाना नै खुलेकाे छैन् ।
त्यस्तै साेमबार राती पोखरा महानगरमा ११ जनामा कोरोना भाइरस पुष्टि भएको हाे ।
निर्देशनालयका अनुसार पाेखरा महानगरका ४, ७, ९, १६, १७, २७ र ३० नं. वडाका बासिन्दामा संक्रमण देखिएकाे छ । १० वर्षीय बालक देखि ८७ वर्ष उमेरका पाकासम्म संक्रमित भएका छन् ।
त्यसैगरी मंगलबार विहान गण्डकी प्रदेशका नवलपुरमा २ जना र बाग्लुङमा २ जनामा काेराेना भाइरस संक्रमण पुष्टी भएकाे छ ।
भने सोमबार राति स्याङजा, बागलुङ, लमजुङ र नवलपुरका १-१ पुरुष तथा तनहुँका २ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६४ पुगेको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया